२३ आश्विन २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

न्यूयोर्कमा थप एक नेपालीको कोरोनाका कारण निधन

अमेरिका- अमेरिकाको न्यूयोर्कमा अर्का एकजना नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। ६९ वर्षिय महेश अमात्यको बिहीवार स्थानीय जमाइका अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। रिजउड नेपाली समाजका उपाध्यक्ष तुलसीराम आचार्यका अनुसार अमात्यलाई स्वास्थ्यमा थप समस्या आएपछि बुधवार साँझ अस्पताल लगिएको थियो।

काठमाडौं स्थायी घर भएका अमात्यका एक श्रीमती र ३ छोरा छन्। अमात्य केही महिना पहिले मात्रै अमेरिका आएको जानकारी दिइएको छ। पछिल्लो तथ्यांक अनुसार कोरोनाबाट अमेरिकामा निधन हुने नेपालीको संख्या ५ पुगेको छ।

प्रकाशित: ५ वैशाख २०७७ ०३:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App