२१ आश्विन २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

कांग्रेस नगर सभापतिद्वारा ६ हजार किलो चामल प्रदान

उदयपुर- नेपाली कांग्रेस त्रियुगा नगर सभापति सरोज बस्नेतले लकडाउनमा त्रियुगा नगरस्तरीय राहत कोषलाई ६ हजार किलो चामल प्रदान गरेका छन् । कोरोना भाइरस (कोभिड–१९) विरुद्ध जारी लकडाउनले घरबाहिर निस्कन नपाएका श्रमिक, मजदुर र विपन्न वर्गलाई राहत वितरण गर्न सो सहयोग गरेका हुन् ।

कोरोना भाइरसका कारण २० दिनदेखि जारी लकडाउनका कारण नगरभित्रका दैनिक ज्याला मजदुरी गरिखाने श्रमिक र गरिवत तथा विपन्न वर्गको चुला बल्न छाड्ने अवस्था आउन नदिन पार्टी नगरसमितिले संकलन गरी सहयोग गरेको बस्नेतले बताए ।

बस्नेतले सोमबार विहान त्रियुगा नगरपालिका पुगेर नगरप्रमुख बलदेव चौधरीलाई सो चामल हस्तान्तरण गरे । राहत बुभ्mदै मेयर चौधरीले लकडाउनमा परेका मजदुर, गरिव र विपन्न नगरबासीलाई भोकै बस्न नपरोस भनेर नगरपालिकाले सातादिनअघि नै १ करोड रुपैंयाको ‘नगरस्तरीय विपत व्यवस्थापन कोष’ स्थापना गरी राहत वितरण कार्य जारी राखेको बताए ।

उनले सभापति बस्नेतको यो सहयोगले आपत–विपत र महामारीका बेला नेपालका सबै राजनीतिक दल र नेताहरु एकजुट हुनसक्छन् भन्ने उदाहरण देखाएको भन्दै प्रसंसा गरे । उनले अन्य सबै क्षेत्रबाट पनि यस्तै सहयोगको अपेक्षा गरिएको बताए ।

 

प्रकाशित: २ वैशाख २०७७ ११:३१ मंगलबार

कोभिड–१९ कोरोना राहत_कोष