२३ आश्विन २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

र्‍यापिड टेष्ट सुरु, रिर्पोट नेगेटिभ

रोल्पा नगरपालिका कोटगाउँमा टेष्ट गर्दै स्वास्थ्यकर्मी ।

रोल्पा- रोल्पामा ५ नम्बर प्रदेश सरकारले सुरु गरेको कोरोनाको र्‍यापिड टेष्ट शुक्रबारबाट सुरु भएको छ। जिल्ला अस्पतालको प्राविधिक टोलीले सुनिलस्मृती, रोल्पा नगरपालिका लगायतका स्थानीय तहबाट र्‍यापिड टेष्ट सुरु गरेको स्वास्थ्य कार्यालय प्रमुख अनिल केसिले बताए।

सुनिल स्मृती गाउँपालिकाको घोडागाउँमा शुक्रबार भारतको केरलाबाट फर्केका दुईजनाको टेष्ट गरिएकोमा दुबैको रिर्पोटमा नेगेटिभ आएको थियो भने शनिबार रोल्पा नगरपालिकाको कोटगाउँमा भारतबाट आई त्यहा रहेका दुई क्वारेन्टाइनमा ३३ जनाको जाँच गरिएकोमा सबैको रिर्पोटमा नेगेटिभ देखिएको केसिले बताए।

आइतबार सुनछहरी गाउँपालिकाका क्वारेन्टाइनमा रहेकाहरुको टेस्ट गरि लुग्री गाउँपालिका हुँदै अन्य पालिकामा पनि टेष्ट गरिने छ। टोलीमा जिल्ला स्वास्थ्य प्रमुख अनिल केसि, रोल्पा अस्पताल प्रमुख डा. अनिल केसि, दुई जना प्रयोगशाला प्राबिधिक, हेल्थ पोष्टका कर्मचारी, जनप्रतिनिधि, प्रहरी लगायतको टोली र्‍यापिड टेष्टमा खटिएको छ।

जाँच गर्दा रिर्पोट नेगेटिभ आएका र १४ दिन क्वारेन्टाइनमा बसिसकेकाहरुलाई घर पठाउने तयारी भएको स्वास्थ्य कार्यालय प्रमुख केसिले बताए। ‘रिपोर्ट नेगेटिभ आएका र १४ दिन क्वारेन्टाइनमा बसेकालाई घर पठाउने छौं। उनीहरु घर पुगेर अरु थप एक हप्ता होम क्वारेन्टाइनमा बस्नेछन्।’
 

प्रकाशित: २९ चैत्र २०७६ १२:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App