१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

प्रदेश १ : दुवै विधिबाट परीक्षण, सबैको रिपोर्ट नेगेटिभ

विराटनगर- प्रदेश १ मा शनिबारदेखि र्‍यापिड डाइग्नोष्टिक टेष्ट र पिसिआर विधिबाट कोरोना परीक्षण सुरु भएको छ। वीपी स्वास्थ्य विज्ञान  प्रतिष्ठान धरान र कोशी अस्पताल विराटनगरमा पिसिआर विधिबाट र प्रदेशका सबै जिल्लामा आरटिडि विधिबाट परीक्षण थालिएको प्रदेश सरकारले जनाएको छ।

मुख्यमन्त्री कार्यालयको हेल्थ डेस्कका सूचना अधिकारी क्षितिज भट्टराईका अनुसार दुवै विधिबाट भएको सबै परीक्षणको नतिजा ‘नेगेटिभ’ आएका छन्। उनका अनुसार शनिबारसम्ममा २ सय ११ जनाको नमुना संकलन भएको छ। तीमध्ये १ सय ७९ जनाको रिपोर्ट नेभेटिभ आएको छ। अन्यको रिपोर्ट आउन बाँकी छ। शनिबार मात्रै ३१ जनाको नमुना जाँचका लागि संकलन भएको छ।

त्यसैगरी  शनिबारदेखि आरटिडी विधिबाट ९३ जनाको जाँच भएको छ। सबैको रिपोर्ट नेगेटिभ आएको छ। प्रदेशका आर्थिक मामिलामन्त्री इन्द्र आङबोका अनुसार यो विधिबाट प्रदेशका सबै १४ वटै जिल्लामा नमुना परीक्षण सुरु भएको छ।

प्रदेश १ सरकारले ४ हजार दुई सय ९ वटा क्वारेन्टाइन बेड तयार पारेको छ भने ४ सय ३२ वटा आइसोलेसन बेड पनि तयार छ। अहिले प्रदेश १ मा ५ सय ९२ जना क्वारैनटाइनमा, ३ हजार ४ सय १७ जना होम क्वारेन्टाइनमा र १० जना आइसोलेसनमा छन्।  

प्रकाशित: २९ चैत्र २०७६ ११:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App