१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

कपिलवस्तुमा साढे ५ करोड बढीको राहत कोष

कपिलवस्तु – जिल्लाका गरिब तथा विपन्न परिवारलाई राहत दिने भएको छ। कपिलवस्तुमा गरिब तथा विपन्न परिवारको लागि राहत कोष ५ करोड ६४ लाखको राहत कोष खडा गरिएको हो।  सो रकम  जिल्लाका १० वटै पालिकाले बनाएको राहत कोष हो। सो कोषबाट २२  हजार विपन्न परिवारलाई राहत वितरण गर्न लागिएको हो।

लगातार दुई सातादेखि जारी लकडाउनका कारण विपन्न परिवार मारमा परेपछि उनीहरुलाई राहत दिन कपिलवस्तुमा पालिकाहरुले धमाधम राहत कोष खडा गरेका छन्। राहत बितरणका लागि जिल्लाका १० वटै पालिकाले कोष खडा गरेर राहत बितरण कार्यविधि बनाएका छन्।  सबै पालिकामा विपन्न परिवारको लगत संकलन भईसकको छ। एक दुई दिन भित्र राहत वितरण गर्ने गरि पालिकाहरुले तयार गरेका जनाएका छन्। पालिकाहरुले खरिद तथा वितरण समिति समेत बनाएका छन्।  कपिलवस्तु नगरपालिका र विजयनगर गाउपालिकाले एक–एक करोडको राहत कोष खडा गरेका छन्। कपिलवस्तु नगरपालिका मेयर किरण सिंहले ५ हजार विपन्न पविारलाई राहत दिने गरी तयारी गरिएको बताए।

बिजयनगरका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भटराइका अनुसार एक  करोडको राहत कोष स्थापना भएको छ। विजयनगरले राहत दिने मजदुरको विवरण पनि टुंगो लगाएको छ। त्यहा ८ सय ७४ जना दैनिक काम गरेर खाने मजदुरहरु रहेको विवरण आएको अध्यक्ष गोपाल वहादुर थापाले बताए। बुद्धभुमी नगरपालिकाले  ७५ लाखको बिपद ब्यबस्थापन कोष खडा गरेको हो। नगर भित्र भेटिएका कोराना संक्रमितलाई उपचार, विपन्न मजदुरलाई राहत र क्वारेन्टाईन बसेकाहरुलाई खान बस्ने लगायतका सुविधाका लागि कोषको खर्च हुनेछ।  विपन्नको रोजीरोटी ,कोरोना संक्रमित र उसको परिवारलाई उपचार खाना, गाडी लगायतका खर्चलाई मध्य नजगर गर्दै यस्तो निर्णय गरिएको नगर प्रमुख केशव कुमार श्रेष्ठले बताए। २ हजार ८ सय ५० विपन्न परिवारलाई राहत दिईने उनले बताए।

 यसैबीच कपिलवस्तुको  कृष्णनगर नगरपालिकाले ७२ लाखको विपत कोष खडा गरेको छ। मेयर रजत प्रताप शाहका अनुसार २५ सय परिवारलाई राहत वितरण गर्ने गरी तयारी भएको छ। उपप्रमुख शवनम खातुनको संयोजकत्वमा कोष संचालन हुनेछ। यता शिवराज नगरपालिकाले ६३ लाखको नगरस्तरीय प्रकोप व्यवस्थापन कोष खडा गरेको छ। नगर प्रमुख नेत्रराज अधिकारीले १६ सय जनालाई पहिलो चरणमा राहत प्रदान गनिरे बताए। राहत बितरणकालागि नगर उपप्रमुख शिव कुमारी थारुको संयोजकत्वमा ७ सदस्यीय समिति मसेत निर्माण गरिएको छ।

त्यस्तै महाराजगंज नगरपालिकाले ५५ लाखको राहत कोष खडा गरेकोछ। सोहि कोष मार्फत नगरले वितरण शुरु गर्ने नगर प्रमुख अव्दुल कलामले बताए। नगरले २ हजार २ सयलाई  राहत वितरण गर्ने गरि लगत संकलन कार्य शुरु गरेको छ। प्रत्येक वडाबाट २ सय गरिब मजदुरको लागत संकलन गरि ११ वटै वडामा राहत दिने कार्यको योजना वनाएको नगरले जनाएको छ। कपिलवस्तुको वाणगंगा नगरपालिकाले पहिलेदेखि विपद् व्यवस्थापन कोषमा रहेको १९ लाखबाट काम अघि बढाएको छ।

आवश्यकतानुसार निर्णय गरेर यो कोषमा १ करोड सम्म पुराइने तर प्रारम्भीक चरणमा पुरानै कोषको रकम खर्च गर्ने उपमेयर एवम कोषका संयोजक चक्रपाणी अर्यालले बताए। मायादेवि गाउपालिकाले ४० लाखको कोष खडा गरेर राहत वितरण समेत सुरु गरेको अध्यक्ष बजरंप्रसाद कुर्मीले बताए। उनले कोष आवश्यकतानुसार बढाइने बताए। प्रमुख प्रशासकीय अधिकृत जनकराज पन्थीले ८ सय जनालाई राहत प्रदान गर्ने बताए। शुद्धोधनले पनि १० लाख रकम राखेर कोरोना संक्रमण नियन्त्रण कोष खडा गरेको छ।

प्रकाशित: २५ चैत्र २०७६ ०८:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App