१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

व्यक्तिगत पहलमा सुरक्षा सामग्री बनाएर स्थानीय सरकारलाई हस्तान्तरण

सागरले बनाएको फेस शिल्ड लगाएका स्वास्थ्यकर्मी ।

विराटनगर- कोरोना त्रासका बेला  स्वास्थ्यकर्मीहरुका लागि व्यक्तिगत सुरक्षा सामग्री ९पीपीई० अभाव उच्च छ । यहीबेला झापा मेचीनगरका युवा सागर शिवाकोटीले व्यक्तिगत मिहेनतमा पीपीइ सेटको ‘फेस शिल्ड’ बनाएका छन् ।

लक डाउनका बेला आफूले घरैमा बनाएका फेस शिल्ड उनले मेचीनगरका स्वास्थ्य संस्थाहरुलाई निशुल्क प्रदान गरेका छन् । नगरपालिकालाई ३३ वटा, धुलाबारी क्षेत्रका स्वास्थ्य संस्थालाई १० र काँकडभिटा स्वास्थ्य केन्द्रलाई १० वटा उपलब्ध गराएका छन् । धुलाबारीस्थित हिमालयन कलेजमा समाजशास्त्र अध्यापन गराउने रिडर्स झापाका सदस्य उनी लेखपढ र अनुसन्धानमा गहिरो रुची भएका युवा हुन् । उनले फेस शिल्ड बनाउँदा पनि चिकित्सकहरु र जिल्लाका स्वास्थ्यकर्मीहरुसँगको परामर्शमा बनाएको बताएका छन् ।

उनका अनुसार फेस शिल्ड बनाउन सजिलो छ । ‘स्वास्थ्यकर्मीहरुको सुरक्षा र आत्मबल बढाउन यो साधन अत्यावश्यक छ ’, उनले भने  ‘आँखा, नाक , मुख र पुरै अनुहारमा भाईरसको डाईरेक्ट कन्ट्याक्ट बाट जोगिन यो फेस सिल्डको प्रयोग स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी र बिपतको बेला सहयोग गर्न बाहिर निस्किन चाहने ब्यक्तिले प्रयोग गर्न सक्छन् ।’

उनका अनुसार  स्थानीय स्तरमा उपलब्ध स्रोतकै प्रयोगबाट, एकदमै सस्तो लागतमा तयार गर्न सकिने सामग्री फेस शिल्ड हो  । लकडाउनका बेला बजारमा सहजै सामान नपाउँदा पनि ४५ देखि ४८ रुपैयाँको लागतका एउटा फेस शिल्ड तयार हुन्छ । सहजै सामान पाउँदा २५ सम्ममा तयार हुने उनले बताए ।  
उनका अनुसार फेस शिल्ड बनाउन एफोर  साईजको ट्रान्स्परेन्ट प्लास्टिक , २–२२ ईन्च लामो, १ ईन्च चौडाईको ईलास्टिक
 १२–३ ईन्चको कपडाको टुक्रा,  धागो,  सिलाई मेसिन र  सिलाई गर्ने सीप भएको जनशक्ती आवश्यक पर्छ । ‘स्थानीय सरकारले चाहेमा यस्ता सामग्री सजिलै बनाउन सकिन्छ’, उनले भने ‘विपदका बेलामा यस्ता सामग्रीले सुरक्षामा टेवा दिन्छन् ।’

 

प्रकाशित: १३ चैत्र २०७६ ०९:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App