१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

भरतपुरमा ७२ घण्टाभित्र कोरोना विशेष अस्पताल

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण पूर्वतयारीका लागि आयोजित अन्तक्र्रियाका सहभागी। तस्बिर: सूर्यप्रकाश/नागरिक

चितवन – कोरोना भाइरस (कोभिड–१९) को संक्रमण अहिलेसम्म नेपालको कुनै पनि भागमा देखापरेको छैन। विश्वव्यापी टाउको दुखाइको विषय बनेको पृष्ठभूमिमा यो भाइरसको संक्रमण नेपालभित्र कतै देखापरेमा संक्रमितहरूको उपचारका लागि भरतपुरमा ७० शड्ढयाको कोरोना विशेष अस्पताल ७२ घण्टाभित्रै निर्माण गरिने भएको छ। भरतपुर महानगरपालिका–१० स्थि एक्स्पो सेन्टरलाई महानगरले ७० शड्ढयाको विशेष अस्पतालमा रूपान्तरण गर्न लागेको हो।

भरतपुर महानगरको अगुवाइमा मंगलबार आयोजना गरिएको सरोकारवालाको बैठकले ७० शड्ढयाको विशेष अस्पताल ७२ घण्टाभित्र बनाउने निर्णय गरेको हो। बैठकले महानगरपालिका प्रमुख रेनु दाहालको संयोजकत्वमा १५ सदस्यीय ‘कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण पूर्वतयारीका लागि कार्यदल’ समेत गठन गरेको छ।

महानगर प्रमुख दाहालले १० शड्ढयाको आइसियू, १० शड्ढयाको एचडियू र ५० शड्ढयाको जनरल वार्ड बनाउने निर्णय भएको जानकारी दिइन्। ‘७२ घण्टाभित्र चितवन एक्स्पो सेन्टरमा ७० बेडको कोरोना विशेष अस्पताल बनाई सेवा सुरु गरिनेछ,’ उनले भनिन्, ‘कोरोना विशेष अस्पतालमा शंकास्पद सबै बिरामीलाई राखिनेछ। भरतपुर अस्पताल र अन्य निजी अस्पतालमा रहेका आइसोलेसन वार्डहरू पनि कायम रहन्छन्।’

कोरोना विशेष अस्पतालमा शंकास्पद सबै बिरामीलाई राखिनेछ। जिल्ला र बाहिरका अस्पताल एवं स्वास्थ्य परीक्षण गरिएका अन्य क्षेत्रमा भेटिएका शंकास्पद बिरामीसमेत कोरोना विशेष अस्पतालमा राखिनेछ।

महानगर प्रमुख दाहालले रोग भित्रिन नदिन उच्चसतर्कता अपनाउने काम भइरहेको भन्दै रोग फैलिइहालेमा पूर्वतयारीका लागि अस्पताल निर्माणको काम थालिएको बताइन्। उनले सरोकारवाला सबै पक्ष एकजुट भएर काम गरेमा रोग भित्रिन नपाउने र कथंकदातिच् भित्रिएको अवस्थामा पनि क्षति बेहोर्नुनपर्ने बताइन्। दाहालका अनुसार कोरोना भाइरस संक्रमणको समस्या देखापरेको अवस्थामा स्थिति सहज बनाउन कार्यदलले अन्यत्र पनि क्वारेन्टाइनका लागि ठाउँ हेरिएको छ।

कोरोना विशेष कार्य विभाजन
कोरोना विशेष अस्पतालमा ओपिडी हेर्नका लागि डाक्टर भोजराज अधिकारी र डाक्टर अनिलविक्रम कार्कीलाई जिम्मा दिइएको छ। जनरल वार्डका लागि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डाक्टर विजयचन्द्र आचार्य र कर्मचारी व्यवस्थापनका लागि भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर श्रीराम तिवारीलाई जिम्मा दिइएको छ। कार्यदलले कोरोना विशेष अस्पतालका लागि आवश्यक सामग्री व्यवस्थापनको जिम्मा क्यान्सर अस्पताललाई दिएको छ। क्यान्सर अस्पतालले तत्काल २० वटा आइसियू बेड उपलब्ध गराउनेछ।

भरतपुर विमानस्थलसहित विभिन्न स्थानमा शंकास्पद बिरामीको स्क्रिनिङ गर्ने काम स्वास्थ्य कार्यालय चितवनले गर्नेछ। आवश्यक पूर्वाधारको व्यवस्थापनका लागि भरतपुर महानगरपालिका, जिल्ला समन्वय समिति चितवन, उद्योग वाणिज्य संघ चितवन र चितवन उद्योग संघलाई जिम्मेवारी दिइएको छ। बैठकले प्रयोगशाला र रेडियोलोजी विभाग सञ्चालन गर्न निजी अस्पताल समन्वय समितिलाई जिम्मा दिएको छ।

कोरोना भाइरस संक्रमित बिरामीका लागि खाने, बस्नेलगायत सम्पूर्ण व्यवस्थासहित कोरोना अस्पताल सञ्चालन गर्ने गृहकार्य सुरु भइसकेको कार्यदलका प्रवक्ता डाक्टर भोजराज अधिकारीले बताए। डाक्टर अधिकारीका अनुसार जिल्ला र बाहिरका अस्पताल एवं स्वास्थ्य परीक्षण गरिएका अन्य क्षेत्रमा भेटिएका शंकास्पद बिरामी समेत कोरोना विशेष अस्पतालमा राखिनेछ।

सरोकारवालाको अन्तत्र्रिmयामा भरतपुर महानगर प्रमुख दाहाल, चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी, चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ, भरतपुर अस्पतालका डाक्टर भोजराज अधिकारी, चितवन मेडिकल कलेजका डाक्टर दयाराम लम्साल, क्यान्सर अस्पतालका डाक्टर अनिलविक्रम कार्कीलगायत सहभागी थिए।

प्रकाशित: ५ चैत्र २०७६ ०१:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App