काठमाडौं- सरकारले प्रवेस विन्दुबाट दिइने भिसा (अनअराइभल भिसा) ३० अप्रिलको लागि बन्द गरेको छ। अध्यागमन विभागले एक विज्ञप्ति जारी गर्दै शनिबारदेखि यो प्रावधान लागु हुने बताएको छ।
यस अघि सरकारले ८ देशका लागि अनअराइभल भिसा बन्द गरेको थियो। कोरोना भाइरसको विश्वव्यापी त्रास बढेपछि सरकारले यस्तो निर्णय लिएको हो।
यस अघि भिसा लिइसकेका र अति जरुरी कामले नेपाल आउनेहरुले नेपाल आउनु भन्दा सात दिन अघि स्वास्थ्य परीक्षण गराएको रिपोर्ट पेस गर्नुपर्ने छ।
शनिबार पछि नेपाल आउने पर्यटकले १४ दिन सेल्फ क्वारेन्टाइन र नेपालीहरु होम क्वारेन्टाइनमा बस्नुपर्ने छ। बाहिरबाट नेपाल प्रवेश गर्ने कुटनीतिक नियोगका व्यक्ति, विद्यार्थी, श्रम भिसामा रहेका सबैलाई १४ दिनको सेल्फ क्वारेन्टाइनमा बस्न सरकारले भनेको छ। यो अवधिमा स्थलमार्ग हुँदै विदेशीलाई नेपाल प्रवेश गर्न रोक लगाइएको छ।
प्रकाशित: ३० फाल्गुन २०७६ ०७:३० शुक्रबार