४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

घुँडा र मिर्गौला उपचारमा एपोलोमा नयाँ बिधी

काठमार्डौं- इन्द्रप्रस्था एपोलो अस्पताल भारतले नेपाल स्थित अस्पतालका नियमित बिरामीलाई लक्षित गर्दै अस्पतालले सुरु गरेको नयाँ प्रविधी र सेवाको बारेमा जानकारी दिएको छ। शुक्रवार राजधानीमा एक छलफल कार्यक्रमको आयोजना गरी सेवाको बारेमा जानकारी दिएको हो।

अस्पतालकै मिर्गौला प्रत्यारोपण विशेषज्ञ डा.सन्दिप गुलेरियाले हाल अस्पतालमा उपलब्ध  रोवटिक सर्जरी सेवाले विना दुखाइ,सानो घाउ र छोटो अस्पताल बसाइमै शल्यक्रिया सेवा दिन सकिने जानकारी दिए । ‘दुई/तीन दिनको अस्पताल बसाइमै शल्यक्रिया निको हुन्छ’उनले भने। अस्पतालले हालसमम २१ हजार मिर्गौला प्रत्यारोपण भइसकेको तथ्याकं छ।

त्यसै गरी अस्पताल घुँडा प्रत्यारोपणमा पनि सहज बिधि अपनाइरहेको अस्पतालले जानकारी दिएको छ। अस्पतालका हाडजोर्नी सर्जन एश गुलातीले नष्ट भएको घुँडाको कुनै भाग नकाटीकन घुँडा प्रत्यारोण भइरहेको जानकारी दिए। यी दुवै उपचार आधुनिक तथा नयाँ बिधीवाट सफल रुपमा भइरहेको अस्पतालले जनाएको छ।

हाल नसर्ने रोगहरु मधुमेह र उच्च रक्तचापले धेरै मानिसहरुको मिर्गौला बिग्रिरहेको र मिर्गौला बिगार्ने रोगहरुको समयमै उपचार गरेर यो मिर्गौला बचाउने बिधि अपनाएको अस्पतालले जनाएको छ। ‘ नसर्ने रोगहरु मुटु र क्यान्सरको पनि सुरुमै पहिचान र उपचार गरेमा निको पार्न सकिन्छ’अस्पतालका डा.एन सुब्रामनियनले भने।

उनले थप्दै भने,‘ छिटो पहिचान र उपचारले उपचारमा राम्रो सफलता हाँसिल हुन्छ।’  हाल नेपाल तथा भारतबाट यो अस्पतालमा उपचार गर्न पुग्ने बिरामीहरु धेरै जसो रोग छिप्सिकेपछि पुग्ने कारण उपचारमा कठिनाइ हुने गरेको उनले बताए। उनले नसर्ने रोग बढ्न नदिन छिटो उपचार र स्वस्थ जीवनशैली नै मुख्य उपाय भएको बताए। अस्पतालमा नेपालबाट मासिक ३ सय जना उपचारमा पुग्ने गरेको अस्पतालले जनाएको छ।

 

 

 

प्रकाशित: २७ भाद्र २०७६ ०६:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App