काठमाडौं - सरकारी तथा सार्वजनिक अस्पतालमा बिरामीको अत्यधिक चाप बढ्दा सहज सेवा प्रवाहमा बाधा पुगेको छ। आकस्मिक उपचार कक्ष (इमर्जेन्सी) मा त बिरामीको चाप झन् थेगिनसक्नु देखिन्छ। काठमाडौं उपत्यकाका सरकारी अस्पतालका आकस्मिक कक्षमा धान्नै नसक्ने गरी बिरामीको चाप बढ्दा व्यवस्थापन र उपचारमा समस्या भएको छ। बिरामीको चाप बढ्दा आकस्मिक कक्षमा शैय्यासमेत उपलब्ध गराउन अस्पतालहरूलाई मुस्किल परेको छ।
इमर्जेन्सी कक्षमा बिरामीलाई सामान्यतः ६ घन्टासम्म राखेर उपचार गर्नुपर्ने हुन्छ। इमर्जेन्सी कक्षमा शड्ढया अभावमा बिरामीलाई ६ घन्टा राखेर उपचार दिन सकिएको छैन। कुनैकुनै अस्पतालमा त इमर्जेन्सीमा भर्ना रामी एक सातासम्म त्यहीं रहन्छन्। यस्तो समस्या वीर र त्रिवि शिक्षण अस्पतालमा बढी पाइएको छ। यस्तो समस्या आउनुको कारण के हो त ? वीर अस्पताल इमर्जेन्सी विभागका डा. केदार सेन्चुरी भन्छन्, ‘सरकारी अस्पतालको उपचारमा बिरामीले विश्वास गर्ने र सेवा सर्वसुलभ भएकाले भर्ना भएका बिरामी अन्त जान मान्दैनन्। अस्पतालका अन्य शाखाका शड्ढया खाली नहुँदा पनि बिरामीलाई लामो समयसम्म इमर्जेन्सीमा राखेर उपचार गर्नुपर्छ।’ उनका अनुसार इमर्जेन्सी कक्षमा भर्ना भएका बेवारिसे बिरामीका कारण पनि समस्या भएको छ। बिरामीको चापले गर्दा एउटा शड्ढयामा दुई–तीनजना बिरामीसमेत राखेर उपचार गर्नुपरेको छ।
मुलुककै जेठो वीर अस्पतालको इमर्जेन्सी कक्षमा हाल ३० शड्ढया छन्। अस्पतालमा १० प्रतिशत शड्ढया इमर्जेन्सीका लागि छुट्याउनुपर्ने अन्तर्राष्ट्रिय मान्यता छ। तर वीर, त्रिवि शिक्षणलगायत अधिकांश अस्पतालले त्यो मान्यताअनुसार काम गर्न सकेको देखिँदैन। डा. सेन्चुरीका अनुसार अहिले वीरको इमर्जेन्सी कक्षमा दैनिक डेढ सय हाराहारीमा अर्थात् शड्ढया क्षमताभन्दा पाँच गुणा बढी बिरामी आउँछन्। यसैकारण व्यवस्थापन र उपचारमा बेलाबेलामा समस्या उत्पन्न हुने उनले बताए।
त्रिवि शिक्षण अस्पताल इमर्जेन्सी कक्षमा पनि बिरामीको चाप थेगिनसक्नु हुन्छ। ५५ शड्ढया रहेको इमर्जेन्सीमा डिएमको पढाइ सुरु भएपछि पाँच शड्ढया थपेर ६० पुर्याइएको छ। तर इमर्जेन्सी कक्षमा दैनिक एक सय ३० भन्दा बढी बिरामी भर्ना हुने गरेको तथ्यांक छ। क्षमताभन्दा बढी बिरामीको उपचार गर्नुपर्दा सेवा प्रवाहमा समस्या भएको छ।
त्रिवि शिक्षण अस्पताल इमर्जेन्सी विभाग प्रमुख डा. योगेन्द्रमान शाक्यका अनुसार समस्या समाधानका लागि अस्पतालको क्षमता विस्तार गर्नुपर्ने उनको भनाइ छ। इमर्जेन्सीका शड्ढयालाई तीन ‘रेड जोन, यल्लो जोन र ग्रिन जोन’ गरी तीन भागमा विभाजन गरिएको छ। एउटै शड्ढया दुई–तीनजनासम्म बिरामी राखेर उपचार गर्नुपरेको उनको भनाइ छ। अन्य अस्पतालमा रेफर गर्दा बिरामी जान नमान्ने भएकाले पनि चाप बढेको उनले स्पष्ट पारे। बिरामी ६ दिनसम्म पनि इमर्जेन्सीमा बस्ने गरेको उनले सुनाए। उनले भने, ‘टिचिङ अस्पतालको उपचारको विश्वासका कारणले पनि बिरामी अन्यत्र जान मान्दैनन्।’ त्रिवि शिक्षण अस्पताल इमर्जेन्सीमा २० जना मेडिकल अफिसर कार्यरत छन्।
कान्ति बाल अस्पतालको इमर्जेन्सीमा १४ शड्ढया छन् तर बिरामी भने दैनिक दुई सय हाराहारीमा पुग्छन्। केही समयअघि कान्तिको इमर्जेन्सीमा २० शड्ढया थिए। इमर्जेन्सीको मापदण्डबमोजिम भन्दै ती शड्ढया १४ मा झारिएको छ। बिरामीको चापअनुसार शड्ढया व्यवस्थापन गर्न नसक्दा उपचारमा समस्या भएको अस्पतालका सहायक निर्देशक डा. कैलाशप्रसाद शाहले बताए।
४४ शैय्या भएको राष्ट्रिय ट्रमा सेन्टरमा ५० को हाराहारीमा बिरामी पुग्छन्। सेन्टरले आफ्नै ढंगले व्यवस्थापन गरेर इमर्जेन्सीमा ५० शड्ढयासम्म राखेर सेवा दिइरहेको प्रवक्ता अर्जुनप्रसाद भेटवालले बताए। उनले स्वास्थ्यकर्मीलगायत जनशक्ति अभावमा इमर्जेन्सी सेवा विस्तारमा कठिनाइ भएको बताए। इमर्जेन्सीमा अत्यधिक चाप हुनेमा सिभिल अस्पताल पनि पर्छ। सिभिलको इमर्जेन्सीमा २० शड्ढया छन् तर दैनिक ५० भन्दा बढी बिरामी त्यहाँ पुग्छन्। अस्पतालका कार्यकारी निर्देशक डा. दीर्घराज आरसीले इमर्जेन्सीमा बिरामीको चाप अत्यधिक बढेकाले १० शड्ढया बढाउने तयारी भइरहेको बताए। उनले प्रतीक्षालय रहेको ठाउँमा स्टाफ रुम व्यवस्थापन गरेर अहिले भइरहेको स्टाफ रुममा इमर्जेन्सी विस्तार गर्ने सोच बनाएको जानकारी दिए। उनले भने, ‘हामीसँग ठाउँ पनि छ, बजेट पनि छ। त्यसैले दुईचार महिनाभित्रै १० शड्ढया थप्ने गृहकार्यमा छौं।’ शड्ढया कम भएकाले कतिपय अवस्थामा विभिन्न ठाउँबाट ‘भनसुन’ समेत आउने गरेको उनले बताए।
सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र इमर्जेन्सीको अवस्था पनि उस्तै छ। केन्द्रको इमर्जेन्सीमा २२ शड्ढया छन्। तर दैनिक करिब ६० जना बिरामी त्यहाँ पुग्छन्। भूकम्पका कारण इमर्जेन्सी कक्षमा क्षति पुगेपछि अहिले अस्थायी रुपमा इमर्जेन्सी व्यवस्थापन गरिएको छ। इमर्जेन्सीमा पर्याप्त शड्ढया नभएकाले बिरामीको अवस्था हेरेर अन्य अस्पतालमा रेफर गरिएको केन्द्र प्रशासनको भनाइ छ। गर्मीभन्दा जाडो समयमा बिरामीको चाप बढ्ने केन्द्रका प्रशासन प्रमुख दीपेन्द्र खड्काले बताए। परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको इमर्जेन्सीमा २० शड्ढया छन्। तर उक्त अस्पतालको इमर्जेन्सीमा दैनिक ८० जनाभन्दा बिरामी आउने रेकर्डबाट देखिन्छ। अस्पताल निर्देशक डा. जागेश्वर गौतमले बिरामीलाई वार्डमा सारेर भए पनि केही हदसम्म व्यवस्थापन सहज बनाइएको बताए।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको इमर्जेन्सी कक्षमा बर्खामा बिरामीको चाप थेग्न मुस्किल पर्छ। शुक्रराजको इमर्जेन्सीमा १० शड्ढया छन्। जाडो समयमा आधा जति शड्ढया खाली नै रहन्छन्। जेठ, असार, साउन र भदौ, असोज महिनामा भने बिरामीको चाप बढ्छ। त्यसमा पनि असार महिनामा सबैभन्दा बढी बिरामी भर्ना भएको अभिलेखबाट देखिन्छ। झाडापखाला र सरुवा रोगको सिजन भएकाले असार, साउन र भदौमा बढी बिरामी आउने गरेको अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले बताए।
प्रकाशित: ५ फाल्गुन २०७५ ०१:०२ आइतबार