१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

बालवालिकामा जण्डिसको प्रकोप बढ्यो

उपचारका लागी उपक्षेत्रिय अस्पतालमा टिकट लिन बसेकाहरु। तस्बिरः नागरिक

डडेल्धुरा – बर्षायामसँगै जण्डिसका बिरामी बढेका छन्। पानी र खानपिनका कारण देखिने जण्डिसका बिरामी हिजो आज ह्वात्तै बढेका हुन्। डडेल्धुरा उपक्षेत्रिय अस्पतालमा आउने बिरामी मध्ये दैनिक तीन जनाको अनुपातमा जण्डिस देखिने गरेको छ।
यो समयमा खास गरी बालवालिकामा बढी देखिने गरेको छ। दैनिक तीन चार जना बालवालिकामा जण्डिस देखा पर्ने भएकोले तीन दिनसम्म चिकित्सकको निगरानीमा राखी उपचार गरिने भएकाले १५ भन्दा बढी बालवालिका अस्पतालेको ओपिडीमा भर्ना भएका अस्पतालले जनाएको छ।

यो समयमा देखा पर्ने जण्डिस दुषित पानी र खानाका कारण हुने अस्पतालका मेडिकल सुपेरीटेनडेण्ट एमडिजिपि डा. जितेन्द्र कँडेलले बताए। अहिले बालवालिकामा देखिएको ईन्फेक्टिभ हेपाटाईटिस रहेको उनले बताए। डा. कँडेलले भने, कुनै कुनै बालवालिकामा हेपाटाईटिस ए र ई पोजेटिभ देखिएको छ।

बालवालिका भन्दा वयस्कले खानपिनमा ध्यान दिने भएकाले यो समयमा बालवालिकामा बढी देखिएको चिकित्सकहरुले बताएका छन्। ‘बिद्यालय जाने, खेल्ने बालवालिकालाई अभिभावकले जति सुकै हेरचाह गर्न खाजे पनि सकिदैन, बजारका खाने कुराहरु पनि खाइदिन्छन’, उनले भने, ‘बाहिरकै पानी प्रयोग गर्छन्, त्यसकारण बालवालिकामा बढी संक्रमण देखिएको हो।’

चिकित्सकका अनुसार यस बेला कलेजोले धेरै प्रोटिन भएका खाद्य वस्तु पचाउन नसक्ने भएकाले धेरै चिल्लो वा पिरो वस्तु उपभोग गर्नु हुँदैन। चिनी पानी, जिवनजल लगायतका मेवामा पर्याप्त मात्रामा सुगर पाइने भएकाले यस्ता चिज वस्तु उपभोग गर्नु पर्ने उनले बताए। अहिले देखा पर्ने हेपाटाइटिस अथवा हेपाटाइटिस ई र ए देखिने भएकाले अस्पतालमा पूर्णरुपमा निको हुने कडेलले बताए।

प्रकाशित: १९ श्रावण २०७५ ०६:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App