४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

हैजा संक्रमितको संख्या शून्य, जोखिम भने कायमै

सबै हैजा संक्रमित निको भएका छन् । मुलुकभरका विभिन्न अस्पतालबाट उपचारपछि ६८ जना संक्रमित सन्चो भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ । विभिन्न समयमा गरेर उनीहरु सबै डिस्चार्ज भएको ईसीसीडीले उल्लेख गरेको छ ।  

ईडीसीडीका अनुसार ललितपुरमा ४८, काठमाडौंमा ९, कैलालीमा ८, प्युठानमा २ र मकवानपुरमा १ जनामा हैजा संक्रमण पुष्टि भएको थियो ।  

बर्खायाममा खाने पानीसँग दूषित पानी मिसिने र पानीकै कारण खानेकुरा दूषित भएर हैजासहित पानीजन्य रोग फैलिने जोखिम हुन्छ । उमालेर, फिल्टर गरेर शुद्ध बनाएरमात्र पानी पिउन चिकित्सकको सुझाव छ । 

प्रकाशित: १४ भाद्र २०८१ १८:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App