१० मंसिर २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

घरमा शून्य सुत्केरी गाउँपालिका बन्यो बरेङ

जिल्लाको बरेङ गाउँपालिका घरमा सुत्केरी शून्य गाउँपालिका घोषणा भएको छ।

बितेको एक वर्षमा कोही पनि गर्भवती घरमा सुत्केरी भएका छैनन्। घरमै सुत्केरी हुने परम्परा हटाउन पालिकाले सुरक्षित र भरपर्दो अवस्थामा सुत्केरी हुन स्वास्थ्य संस्थामै जानुपर्ने कार्यक्रम सञ्चालन गरेर घरमा सुत्केरी शून्य गाउँपालिका घोषणा गरिएको हो।

बुधवार एक कार्यक्रमबीच गाउँपालिकाले घरमा सुत्केरी हुने र खोप नलगाएका बालबालिका नरहेको घोषणा गरेको हो।

गाउँपालिकालाई घरमा शून्य सुत्केरी र पूर्ण खोप सुनिश्चितता एकै पटक घोषणा गरिएको अध्यक्ष कृष्णप्रसाद शर्माले बताए।

परम्परागत रूपमा सुत्केरी हुँदा आमा र शिशु दुवै जोखिममा पर्ने हुँदा सुरक्षित र भरपर्दो अवस्थामा सुत्केरी हुन स्वास्थ्य संस्थामै जानुपर्ने कार्यक्रम सञ्चालन गरेपछि सुत्केरी हुनका लागि महिला ‘बर्थिङ सेन्टर’मा पुग्ने गर्छन्।

स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टरलाई आधारभूत स्वास्थ्य पूर्वाधार र जनशक्ति व्यवस्थापनमा गाउँपालिकाले लगानी गरेको थियो।

स्वास्थ्यकर्मी, जनप्रतिनिधि र महिला स्वयंसेविकाले अथक प्रयास गरेर गाउँपालिकालाई घरमा शून्य सुत्केरी पालिका बनाइएको अध्यक्ष शर्माले बताए। घरमै सुत्केरी हुँदा हुने जोखिम र नवजात शिशुमा पर्ने असरबारे महिला जानकार बनेपछि स्वास्थ्यचौकीमा पुग्न थालेका छन्। सो क्षेत्रमा सबै महिलाले नियमित जाँच गर्ने र स्वास्थ्य संस्थामा गएर प्रसूति सेवा लिने गरेको उनले बताए। जसबाट मातृशिशु मृत्युदर शून्यमा झरेको छ।

गाउँपालिकाका गर्भवतीलाई स्वास्थ्यकर्मीले मासिक रुपमा घरमै पुगेर परीक्षण गर्ने र आफ्नै वडाका बर्थिङ सेन्टरमा सुत्केरी गराउने गरेका थिए। स्वास्थ्यचौकीमा सुत्केरी गराउन समस्या रहेकालाई अस्पतालमा पठाउने गरिएको थियो।

चालु वर्षमा पालिकाका एक सय ३२ सुत्केरी भएका छन्। जसमध्ये ६९ जना बर्थिङ सेन्टरमा र ६३ जना अन्यत्र अस्पतालमा सुत्केरी भएका पालिकाका स्वास्थ्य शाखा प्रमुख पदमबहादुर पुनले बताए।रासस

प्रकाशित: १३ असार २०८१ ०९:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App