१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

नेपालमा अन्तर्राष्ट्रिय भास्कुलर सम्मेलन २०२४ हुँदै

अन्तर्राष्ट्रिय भास्कुलर सम्मेलन आगामी जनवरी १७ देखि तीन दिनसम्म काठमाडौंमा हुने भएको छ। नेपालको तर्फबाट आयोजक संस्था हिमभासको संयोजकत्वमा सम्मेलनको आयोजना गर्न लागिएको हाे।

भास्कुलर (रक्तनली) सम्बन्धी हुने विभिन्न रोगहरुको उपचार सम्बन्धी प्रविधि र ज्ञान साटासाट गर्ने उद्देश्यले सो सम्मेलनको आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष डा. सन्दिप पाण्डेले जानकारी दिए। 

सम्मेलनमा आगामी जनवरी १७ देखि १९ सम्म हुने आयोजक संस्था हिमभासले जनाएको छ। सम्मेलनमा विभिन्न देशका २ सय ५० प्रतिनिधिले भाग लिनेछन्। सम्मेलनमा युरोप, सिंगापुर, मलेसिया, अमेरिका, बङ्गलादेश, श्रीलंका, कोलम्बिया, लिविया, फिलिपिन, भारत, इडोनेसिया, न्युजिल्याड लगायतका देशका प्रतिनिधिहरू सहभागी हुने बताइएकाे छ। विभिन्न सेसनमा भास्कुलर सम्बन्धी भिन्न रोगहरुको अवस्था र उपचारको विषयमा प्रस्तुतिहरू हुनेछन्।

तीन दिनसम्म चल्ने सो सम्मेलनमा तेस्रो दिन जनवरी १९ को कार्यक्रम भने नगरकोटमा सम्पन्न हुने डा. पाण्डेले जानकारी दिए। ‘विभिन्न देशबाट आएका विज्ञहरूलाई नेपालको हिमाल देखाउनको लागि पनि नगरकोटमा एक दिनको कार्यक्रम राखिएको हो’ उनले भने।

चिकित्सकका अनुसार रक्तनली सम्बन्धी विभिन्न रोगहरु मध्येमा नेपालमा ‘भेरिकोज भेन’ बढी देखिने रोगमा पर्छ। यसको साथै थम्वोसिस (शरीरमा रगत जम्मा हुने) ,बिर्सिने रोग, मस्तिष्क घात, भास्कुलर हेमाराइीटस, डिप भेन, प्रत्यारोपण तथा डाइलोसिसको पहुँच लगायत विषयमा प्रस्तुति हुनेछन्।

दोस्रो दिन गोर्खा सेसन, एभरेस्ट सेसन विषयमा प्रस्तुति हुनेछ। यो सम्मेलनबाट नेपालले विकसित राष्ट्रहरुमा भएका आधुनिक उपचार पद्धतिको बारेमा जानकारी पाउने भएकोले यो उपचार पद्धति भित्राउनमा लाभ लिनुको साथै मेडिकल टुरिजमको क्षेत्रमा पनि लाभ मिल्ने अपेक्षा लिएको आयोजक संस्थाले जनाएको छ।

प्रकाशित: २३ पुस २०८० ०९:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App