१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

‘आयुर्वेद औषधि उत्पादन बन्द’

साढे ३ सय पुरानो इतिहास बोकेको र आयुर्वेदिक औषधिमा निकै विश्वासिलो मानिएको सिंहदरबार वैद्यखानाले विगत ४ महिना देखि औषधि उत्पादन गर्न बन्द गरेको छ। औषधि उत्पादन बन्द भए पछि वैद्यखानाको औषधि उत्पादन कारखानामा ताला लगाइएको छ भने कारखानामा कार्यरत कर्मचारीहरूले ३ महिना देखि तलब पाएका छैनन्।

वैद्यखानाका वरिष्ठ मार्केटिङ अधिकृत ऋषिराज रेग्मीले वैद्यखानासँग जडीबुटी नभएकोले औषधि उत्पादन बन्द गर्नु परेको बताए। उनका अनुसार २०८० भदौ देखि दशैंसम्म वैद्यखानाले ३ थरी मात्र औषधि उत्पादन गर्थ्यो तर दशैं पछि ३ थरी औषधि पनि उत्पादन बन्द भएको छ। अहिले वैद्यखानासँग जडीबुटी नै छैन।

वैद्यखानाले अब कहिले देखि औषधि उत्पादन सुरु गर्छ, यसको टुंगो छैन। ‘हामीलाई आवश्यक पर्ने जडीबुटी आपूर्ति गर्न ठेक्का नै लगाएका छैनौ। ठेक्का लगाउने तयारी भइरहेको बेला सरकारले कार्यकारी निर्देशक परिवर्तन ग¥यो’ रेग्मीले भने, ‘अब कहिले ठेक्का लाग्छ र कहिले देखि उत्पादन सुरु हुन्छ। यसको टुंगो छैन।’

स्वास्थ्य मन्त्रालयले नै वैद्यखानामा अस्थिरता सिर्जना गरेको वैद्यखानाको कर्मचारीहरूको भनाइ छ। २०५४/२०५५सालतिर वैद्यखानाले १सय ६० थरी औषधि उत्पादन गर्थ्यो। त्यस पछि सामान्यता हरेक वर्ष एक सय थरी औषधि उत्पादन हुने गर्थ्यो। आर्थिक वर्ष २०७९/८०मा २० थरी औषधि उत्पादन हुने ग¥यो। २० थरीबाट ३ थरीमा झ¥यो । त्यसपछि औषधि उत्पादन बन्द भयो। स्वास्थ्य मन्त्रालयले २०८० भदौमा आयुर्वेद विभागका महानिर्देशक डा।वासुदेव उपाध्यायलाई दोहरो जिम्मेवारी दियो। उनलाई सिंहदरबार वैद्यखाना विकास समितिको कार्यकारी निर्देशकको जिम्मेवारी पनि दिइयो।

वैद्यखानाका कर्मचारीका अनुसार उपाध्यायले वैद्यखानामा केही राम्रो काम गर्ने प्रयास गरेका पनि थिए। उनको पालामा बैद्यखानाका लागि चाहिने जडीबुटी खरिद गर्न टेन्डर गर्ने तयारी भएको थियो। प्रक्रिया अघि बढी रहेको बेला मन्त्रालयले उपाध्यायलाई वैद्यखानाको कार्यकारी निर्देशकबाट फिर्ता बोलायो र उनको ठाउँमा २०८० कात्तिक २ गते नरदेवी अस्पतालका प्रमुख डा.प्रदीप केसीलाई पठायो। तर केसी वैद्य खानामा जान चाहेनन्। उनले आफ्नो मानमर्दन भएको ठाने। केसी ११औ तहका हुन्। मन्त्रालयले ११औ तहका केसीलाई वैद्यखाना पठायो भने १०औ तहका डा।श्यामबाबु यादवलाई नरदेवी अस्पतालको निमित्त निर्देशकमा नियुक्त ग¥यो। यसैमा डा। केसीको आपत्ति रह्यो। आफूमाथि अन्याय भयो भन्दै केसी अदालत पुगे। तर वैद्यखानामा हाजिरी गर्न गएनन्। त्यसपछि वैद्यखाना नेतृत्व विहीन भयो । र जडीबुटी खरिद गर्ने प्रक्रिया पनि बन्द भयो। दुई वर्ष देखि वैद्यखानाले जडीबुटी खरिद गरेको छैन।

वैद्यखानामा विकास समितिका ४१ र नेपाल सरकारको तर्फबाट गरी ४३ जना कर्मचारी छन्। अहिले उनीहरूको काम भनेको दिउसो कार्यालय आउने, हाजिरी गर्ने र हाजिरी गर्ने बित्तिकै घर फर्कने भएको छ। लामो इतिहास बोकेको वैद्यखानाबाट औषधि उत्पादन बन्द हुनु दुर्भाग्य पूर्ण भएको वैद्यखानाको पूर्व कार्यकारी निर्देशक डा। श्यामबाबु यादव बत्ताउँछन्। उनी २०७९ असार देखि २०७९ साउनसम्म एक महिना मात्र वैद्यखानाको कार्यकारी निर्देशक थिए।  

सरकारले २०५१ सालमा गठन आदेश गरी गरी २०५२साउन ६ गते देखि सिंहदरबार वैद्यखानालाई विकास समितिमा लगेको थियो। २०७५ असार १८ गते विकास समिति विघटन ग¥यो। तर २०७७बाट फेरि वैद्यखानालाई विकास समितिमा लगियो। विकास समितिबाट अब वैद्यखाना नचल्ने वैद्यखानाको कर्मचारीहरू बत्ताउँछन्। ‘अब विकास समितिबाट वैद्यखाना चल्दैन। सरकारले यसलाई या कम्पनी अन्तर्गत चलाउनु प¥यो। त्यो पनि नभए आयुर्वेद विभागको एउटा अंग बनाउनु प¥यो,’रेग्मीले भने।

वैद्यखाना कहिले नेतृत्वविहीन हुन्छ भने कहिले एकै पटक दुई जना कर्मचारीले वैद्यखानाको प्रमुख आफू भएको दाबी गर्छन्। २०७९साउनमा डा। सावरी शाह, र डा। श्यामबाबु यादव दुवैले वैद्यखानाको कार्यकारी निर्देशक आफू भएको भन्दै कार्यकारी निर्देशको कुर्सीमा बस्न हानथाप गरेका थिए। आफू माथि अन्याय परेको भन्दै डा। सबरी अदालत गए। अदालतले उनलाई वैद्यखाना पठायो। यता सरकारले श्यामबाबुलाई वैद्यखानाको कार्यकारी निर्देशकमा नियुक्त गरिसकेको थियो। त्यसैले करिब १ महिनासम्म कार्यकारी निर्देशकको कुर्सीमा बस्न डा।सबरी र डा। यादवबिच हानथाप भयो। सिंहदरबार वैद्यखाना मल्लकालीन राजा प्रताप मल्लाको स्थापना भएको हो। आयुर्वेद क्षेत्रमा निकै ख्याति कमाएको वैद्यखाना सक्षम नेतृत्वको अभावले पछिल्लो समय मृत शैयामा पुगेको हो। कुनै बैला वैद्यखानाबाट उत्पादित औषधिले आयुर्वेदमा क्षेत्रमा एक छत्र बजार लिएको थियो। तर अहिले त्यो इतिहास झैँ भएको छ।

प्रकाशित: २० पुस २०८० १०:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App