१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

पाटन अस्पतालमा क्यान्सरका ५ औषधी निःशुल्क, ५ हजार बढीले लिए लाभ

पाटन अस्पतालले पाँच वटा क्यान्सरको औषधी निःशुल्क वितरण गर्दै आएको छ। दश/पन्ध्र हजारदेखि एक दुई लाख पर्ने औषधी समेत निःशुल्क वितरण भइरहेको अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले बताए।

डा. शाहीका अनुसार रगतको क्रोनिक ल्युकिमियाँ, फोक्सोको चौथो तहको क्यान्सर (ए एनके पोजेटिभ) भएका, पिआर हर्मोन पोजेटिभ भएको स्तन क्यान्सर, मिर्गौलाको क्यान्सर, पेटको क्यान्सर लगायतका क्यान्सरको मुखबाट खाने औषधी निःशुल्क वितरण हुँदै आएको हो।

यो अस्पतालबाट हाल २ हजार भन्दा बढी बिरामीले निःशुल्क सेवा लिइरहेको डा. शाहीले जानकारी दिए। यो सेवा सन् २००१ देखि नै सुरु भएको हो।

हालसम्म यो सेवा मार्फत ५ हजार बढीले औषधी लिइसकेको अस्पतालले जनाएको छ। यति धेरै सेवा दिइसकेको यो कार्यक्रमबारे धेरैलाई जानकारी नभएको र पछिल्लो समय ललितपुर नगरपालिका तथा वडा कार्यालयमा सहयोग सिफारिस लिन जाने क्रममा जानकारी पाएपछि यो सेवा लिन धेरै बिरामी अस्पताल आइरहेको उनले जानकारी दिए।

अस्पतालले क्यान्सरको निःशुल्क औषधी मात्र मासिक २ करोड बराबर वितरण गर्दै आएको जनाएको छ। यो औषधी वितरण कार्यक्रम बापत अस्पतालले कुनै लाभ नलिएको र विशुद्ध सामाजिक सेवाको रुपमा सेवा प्रवाह गरिरहेको अस्पतालको दाबी छ। 

अमेरिका स्थित म्याक्स फाण्डेशनले क्यान्सरका बिरामीलाई औषधी दिने उद्देश्यले खोलेका हुन्। यो कार्यक्रम नेपाल स्थित निक साइमनका मार्क जिम्मरम्यानको संस्थाले सुरु गरेको हो। 

संस्थाका निकसाइमनले नेपालमा भित्राएका हुन्। फाउण्डेशनका अध्यक्ष पाट गोरिका गोन्जालेजको युवा छोराको क्रोनिक ल्युकिमियाँ अर्थात् रक्त क्यान्सर भएर मृत्यु भएपछि उनले यो फाउण्डेशनको स्थापना गरेर विभिन्न क्यान्सरका बिरामीलाई औषधी वितरण गर्न सुरु गरेका हुन्।

विश्वका विभिन्न देशभरिका बिरामीलाई सेवा गरेबापत गोरिकालाई सन् २०२३ मा अमेरिकाले ग्लोवल हिरो घोषणा गरेको छ।

लामो समयदेखि निःशुल्क वितरण हुँदै यी औषधी लिएपछि धेरै बिरामीहरुले नयाँ जीवन पाइरहेको र धेरै विपन्न बिरामीको लागि राहत भएको हो। 

‘पैसा भएका मानिस पनि क्यान्सरको उपचारको लागि उपचार खर्चकै कारण गरिब हुन पुग्ने भएकोले सबैले यो औषधी निःशुल्क लिनु पर्ने अवस्था आउँछ ’उनले भने।

प्रकाशित: ६ मंसिर २०८० १०:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App