२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

साझा प्रकाशनको विशेष पुस्तक प्रदर्शनी

साझा प्रकाशनले नयाँ वर्ष २०७९ को अवसरमा गरेको विशेष पुस्तक प्रदर्शनी जारी छ। साझा प्रकाशनले नयाँ वर्ष २०७९ को अवसर पारेर वैशाख १ गतेदेखि देशभर विशेष पुस्तक प्रदर्शनी गरेको छ। 

प्रदर्शनीमा साझा प्रकाशनले प्रकाशन गरेका पुस्तकहरु विशेष छुटका साथमा विक्रि भइरहेको छ। पाठकले खोजेका विभिन्न विधाका पुस्तकहरु पाठकको हातमा पुर्‍याउने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको साझा प्रकाशनका प्रवक्ता होमनाथ भट्टराईले बताए।

प्रदर्शनी काठमाडौं उपत्यका भित्र साझा प्रकाशनको केन्द्रीय कार्यालय पुल्चोक, प्रदर्शनी मार्गमा र प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा प्रज्ञा प्रतिष्ठानमा रहेको उनले बताए। त्यसैगरी देशभरमा रहेका साझा प्रकाशनको शाखा कार्यालयहरु धरान, बिर्तामोड, विराटनगर, राजविराज, जनकपुर, त्रिशुली, चितवन, भरतपुर, दाङ, बुटवल, पोखरा र धनगढीमा समेत प्रदर्शनी रहेको उहाँले जानकारी दिनुभयो। प्रदर्शनीमा सस्तोमा पचास पैसादेखि महङ्गोमा २८ सय रुपैयाँसम्मका पुस्तकहरु पाइने उनले बताए।

विशेष पुस्तक प्रदर्शनी बैशाख १५ गतेसम्म चल्ने साझा प्रकाशनले जनाएको छ। पुस्तक प्रदर्शनीको छैठौँ दिन सम्ममा पुस्तक विक्रिमार्फत् ६ लाख ५० हजार रुपैयाँ संकलन गरिएको प्रवक्ता भट्टराईले जानकारी दिए। प्रदर्शनीमा साझाले प्रकाशन गरेका साहित्यिक, सांस्कृतिक र ऐतिहासिक महत्वका पुस्तकहरु रहेको उनले बताए।

प्रदर्शनीमा २०६० सालसम्म प्रकाशित पुस्तकहरुमा ५० प्रतिशत छुट, २०७० सालसम्म प्रकाशित पुस्तकहरुमा ३५ प्रतिशत छुट, ७१ सालसम्म प्रकाशित पुस्तकहरुमा ३० प्रतिशत छुट र गरिमा मासिक पत्रिकालाई ८० प्रतिशत छुटमा विक्रि गरिएको साझा प्रकाशनले जनाएको छ।

प्रकाशित: ७ वैशाख २०७९ १०:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App