२१ असार २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

फागुन १ गतेदेखि विद्यालय खुल्ने

कोरोना महामारीको जोखिम न्यून हुँदै गएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले शैक्षिक कृयाकलाप तथा परीक्षा सम्बन्धी नयाँ आदेश जारी गरेको छ। जस अनुसार फागुन १ गतेदेखि उपत्यकाका सबै विद्यालयहरु खुल्ने नयाँ आदेश जारी गरेको छ।  

जिल्ला प्रशासन कार्यालय काठडमौंले माघ २३ गते १२ बजेदेखि लागु हुने गरी नयाँ आदेश जारी गरेको हो। जस अनुसार शैक्षिक कृयाकलाप तथा परीक्षा समबन्धी ब्यवस्थामा विद्यालय, विश्वविद्यालय, कलेज, ट्यिुशन सेन्टर,तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरु जनस्वास्थ्यको मापदण्ड पालना गरी फागुन १ गतेदेखि संचालन गर्न सकिने उल्लेख गरेको छ।

तर, विद्यालय संचालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित र १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा विद्यार्थी संख्या समेत बिचार गरी सम्बन्धित स्थानीय तहसंगको समन्वयमा विद्यालय ब्यवस्थापनले आलोपालो वा सिफ्ट प्रणालीमा कक्षा संचालनको ब्यवस्था मिलाउनु पर्ने आदेश जारी गरेको छ।  

सबै किसिमको परीक्षाहरु स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी, गराई जेड आकारमा सिट ब्यवस्थापन गरी ०७८ फागुन १ गतेदेखि संचालन गर्न सकिने आदेश जारी गरेको छ। विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड १९को नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमण बढ्दै गएपछि सोको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन नेपाल सरकारले माघ पहिलो सातादेखि अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण शैक्षिक संस्था तथा शैक्षिक कृयाकलापहरु बन्द गरेको थियो।

यसैगरी कोरोनाको संक्रमण कायमनै रहेकाले सबै प्रकारका आमसभा, जुलुस, सभा, मेला, सम्मेलन, जात्रा, महोत्सव, पटके, हटबजार र मानिसहरुको भिडभाड हुने अन्य कार्यहरु नगर्न नगराउन बन्देज गरेको छ।  

कोभिड १९ को रोकथाम, नियन्त्रण, उपचार र निगरानीका लागि जनस्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गर्नुपर्ने, अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, घरबाट बाहिर निस्कन्दा रुपमा खोपकार्ड मोवाइलमा राखेर मात्र हिँड्डुल गर्ने, पटकपटक साबुन पानीले हात धुने वा सेनिटाइजरको प्रयोग गर्ने आदेश जारी गरेको छ। विदेशबाट नेपाल आउँदा वा निकट सम्पर्कमा रही कन्ट्याक्टट्रेसिङमा परेमा परीक्षणबाट नतिजा नेगेटिभ भएपनि ५ दिन होम क्वारेन्टाइनमा अनिवार्य बस्नु पर्ने ब्यवस्थासहित नयाँ आदेश जारी गरेको छ।

प्रकाशित: २३ माघ २०७८ १५:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App