३ आश्विन २०८१ बिहीबार
image/svg+xml
शिक्षा

एसईई परीक्षा आगामी जेठ १३ गतेदेखि सुरू

यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी जेठमा सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईई परीक्षा २०७८ जेठ १३ गतेदेखि २४ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद बैठकको निणर्याअनुसार राष्ट्रिय परीक्षा बोर्डले नै एसईई परीक्षा सञ्चालनका लागि तयारी गरेको बोर्डले जनाएको छ। गत माघ २६ गतेको मन्त्रिपरिषद बैठकले एसईई परीक्षा राष्ट्रिय परीक्षा बोर्डले नै सञ्चालन गर्ने निणर्य गरेको थियो।

गत वर्ष भने कोरोना भाइरस माहामारीका कारण विद्यालयहरुले गरेको आन्तरिक मूल्याङ्कनको आधारमा ग्रेड निर्धारण गरी एसईईको नतिजा प्रकाशन भएको थियो।

प्रकाशित: २५ फाल्गुन २०७७ ०६:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App