३ पुस २०८१ बुधबार
image/svg+xml
शिक्षा

विदेश जाने विद्यार्थीलाई सघाउँदै प्रज्ञा एजुकेशन

कोभिड–१९को कारण लामो समयदेखि रोकिएको विदेश अध्ययन गर्न जाने क्रम सुरु भएको छ। विदेशका विभिन्न विश्वविद्यालय तथा कलेजमा जाने विद्यार्थीलाई कन्सल्टेन्सीले शैक्षिक परामर्श तथा सहजीकरण गर्न थालेका छन्।

विशेष गरी युरोप लगायतका मुलुकमा जाने विद्यार्थीलाई प्रज्ञा एजुकेशन सर्भिसेज प्रालिले सघाउँदै आएको छ। एक दशकदेखि शैक्षिक क्षेत्रमा काम गर्दै आएको प्रज्ञाले विद्यार्थीलाई परामर्श सहित भाषा शिक्षा पनि दिन सुरु गरेको जनाएको छ।  

प्रज्ञा एजुकेशन सर्भिसेज प्रालिका प्रबन्ध निर्देशक श्याम कुमारका अनुसार अहिले डेनमार्क जाने विद्यार्थीका लागि आवश्यक सेवा दिइरहेको छ। ‘विद्यार्थीहरु विदेश जाने क्रम सुरु भएको छ,’ उनले भने, ‘कतिपय विद्यार्थी विदेश गैसकेका छन्।’ केही विद्यार्थीको भिसा आएर अनलाइन कक्षामा अध्ययन गरिरहेका छन्। अहिले विद्यार्थीहरु डेनमार्क जान सजिलो भएको उनको दाबी छ। ‘विद्यार्थीलाई काम गर्ने अवसर पनि छ,’ उनले भने, ‘डिपेन्डेन्ट भिसा पनि लिन सकिन्छ।’

डिप्लोमा, मास्टर्स लेवलमा विद्यार्थी अध्ययन गर्न जाने सक्ने उनले बताए। विद्यार्थीलाई करिअर काउन्सिलिङ, तयारी कक्षा सञ्चालन गरेको छ। विद्यार्थीका लागि विश्वविद्यालय छनोट, छात्रवृत्ति, भिसा प्रक्रिया लगायत सम्पूर्ण सेवा दिँदै आएको छ। विद्यार्थीको रुची, आर्थिक अवस्था र छनोटअनुसार अमेरिका, क्यानडा, अस्ट्रेलियालगायत मुलुकमा पठाउन पनि सहजीकरण गर्दै आएको जनाएको छ। ती देशका विभिन्न विश्वविद्यालय तथा कलेजमा स्नातक, स्नाकोत्तर अध्ययन गर्न चाहनेलाई प्याकेज बनाएर परामर्श दिने गरेको छ। धेरै विश्वविद्यालय, कलेजको प्रतिनिधिका रुपमा काम गरेकाले बीच–बीचमा फेरिने नियमको बारेमा पनि अपटेड हुँदा विद्यार्थीले दुःख पाउन नपर्ने कुमारले बताए। ‘पढ्ने विषय, सम्बन्धित देशको हावापानी, लाग्ने खर्च, जागिरको अवसर र भोलिको सम्भावनाका बारेमा जानकारी गराउछौं,’ उनले भने, ‘त्यसपछि विद्यार्थी र अभिभावकले निर्णय गर्छन्।’ कतिपय विश्वविद्यालय तथा क्याम्पसको एसोसिएट साझेदार भएर काम गरेको दाबी गरेको छ। प्रज्ञाको इक्यान लगायतका संस्थासँग शैक्षिक आवद्धता रहेको छ।

 

प्रकाशित: १४ फाल्गुन २०७७ ०६:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App