१ कार्तिक २०८१ बिहीबार
image/svg+xml
शिक्षा

स्वर्ण जयन्तीमा शिक्षकलाई सम्मान

गुलरिया – बर्दियाको गुराँस माध्यमिक विद्यालयले स्वर्ण जयन्ती मनाएको छ। सो अवसरमा विद्यालयले उत्कृष्ट शिक्षकको रूपमा सोही विद्यालयका शिक्षक प्रकाश शर्मा अधिकारीलाई सम्मान गरेको छ। उनी यसअघि पनि नेपाल सरकार र स्थानीय तहबाट उत्कृष्ट शिक्षकको रूपमा सम्मानित भएका थिए।

स्थापनाको ५०औं वर्ष पुगेको सो अवसरमा विद्यालयले स्वर्णस्तम्भ स्थापना गरेको छ। स्वर्णस्तम्भको प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले अनावरण गरेका थिए। मन्त्री बरालले गुराँस मावि एक उत्कृष्ट विद्यालय भएको बताए। उनले संघीय सरकारले जस्तै प्रदेश सरकारले प्रदेश नमुना विद्यालय घोषणा गर्ने कार्यक्रम रहेको बताउँदै निश्चित प्रक्रिया पु-याएर सो विद्यालयलाई प्रदेश ५ को नमुना विद्यालयको रूपमा घोषणा गरिने जानकारी दिए। विभिन्न सांस्कृतिक प्रस्तुतिसहित सञ्चालन गरिएको कार्यक्रममा विद्यालयले ‘गुराँस स्मारिका २०७६’ को समेत विमोचन गरेको छ।

प्रकाशित: ३ फाल्गुन २०७६ ०२:२४ शनिबार

शिक्षक सम्मान