२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
शिक्षा

इस्लिङटन कलेजका २९१ विद्यार्थी दीक्षित

काठमाडौं– लन्डन मेट्रोपोलिटन विश्वविद्यालयको सम्बन्धनमा संचालित कमलपोखरी इस्लिङटन कलेजले स्नातक उपाधि हासिल गरेका २ सय ९१ विद्यार्थीलाई दीक्षित गरेको छ। काठमाडौंमा आयोजित समारोहमा विश्वविद्यालयका उपकुलपति प्रा. डोमेनिक पामर ब्राउनले दीक्षित विद्यार्थीलाई दीक्षान्तको प्रमाणपत्र प्रदान गरेका थिए। दीक्षान्त समारोहमा बोल्दै उपकुलपति ब्राउनले विदेशी विश्वविद्यालयको कोर्ष अध्ययन गराएको इस्लिङटनले कलेजले गरेको शैक्षिक प्रगतिको प्रशंसा गरे।

कार्यक्रममा बोल्दै आइएनजी ग्रुपका अध्यक्ष शुलभ बुढाथोकीले अन्तर्राष्ट्रिय स्तरको शिक्षा लिन सफल विद्यार्थीले सोही स्तरको प्रगति हासिल गरेको  बताए। कलेजले आगामी दिनमा थप नयाँ योजना अघि बढाउने जानकारी गराउँदै भने, ‘हामी विश्वस्तरको शिक्षा दिन सफल भैसकेका छौं, अब रोजगार सहितको शिक्षा दिनेछौं। सूचना र प्रविधिमा आधारित कलेजको शिक्षाले विश्वमा सफलता हासिल गर्न सकेको दाबी गर्दै उनले  भने, ‘अब नेपालमै विश्वस्तरको रोजगार सहितको शिक्षा हामीले दिनेछौं।’ अध्ययन संगै नयाँ काम खोज्ने अमेरिका, अष्ट्रेलिया  जापान जाने विद्यार्थीले अब नेपालमै सोही स्तरको शिक्षा पाउने जानकारी दिँदै उनले थपे, ‘विद्यार्थीको लाइफ स्टाइललाई परिवर्तन गर्न र उत्कृष्ठ रोजगारी हासिल गर्न सुचना र प्रविधियुक्त शिक्षा उपलब्ध गराउनेछौं।’ 

अध्यक्ष बुढाथोकीले त्यसको लागि इनोभेट नेपाल कम्पनी (आइएन) नेपाल स्थापना गरेको घोषणा गरे। उनले सो संस्थाबाट सूचना प्रविधिमा आधारित अनलाइन शिक्षाको शुरुवात गर्न लागेको बताए। दीक्षान्त समारोहमा दीक्षित विद्यार्थीको उज्वल भविष्यको शुभकामना दिँदै अध्यक्ष बुढाथोकीले अब कलेज थप नयाँ टेक्नोलोजीमा प्रवेश गरेको जानकारी दिए। समारोहमा १ सय २३ जना बिएस्सी अनर्स कप्युटिङ, ७१ जना बिएस्सी अनर्स कप्युटर नेटवर्किङ एन्ड आइटी सेक्युरिटी, ४६ जना मल्टिीमिडिया टेक्नोलोजी र ५१ जना बीबीएका विद्यार्थी रहेका छन्। 

कलेजमा अध्ययन गरेकामध्ये करिब ४ हजार भन्दा बढी स्नातक गरेका विद्यार्थीले नाम चलेका सरकारी र गैर सरकारी निकाय, बैंक, वित्तीय क्षेत्रका सूचना प्रविधि लगायतका क्षेत्रमा काम गरिसकेका छन्। कलेजको दीक्षान्त समारोहमा शिक्षा क्षेत्रका विशिष्ट व्यक्तीहरुको उपस्थिति रहेको थियो। 

प्रकाशित: २३ मंसिर २०७५ १५:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App