२० आश्विन २०८१ आइतबार
image/svg+xml
शिक्षा

दासत्वको बोझ

यस्तो पनि!

क्याम्ब्रिज विश्वविद्यालयअन्तर्गतको सेन्ट क्याथरिन कलेजमा इतिहासतर्फ पिएचडीका विद्यार्थी मलिक अल नसिरले पूर्व सांसद एन्टोनिट स्यान्डब्याकका पुर्खाले दासको व्यापार गर्ने गरेको र त्यसको फाइदा उनले अहिलेसम्म पाएको बयान दिए।

त्यसपछि रेडियोमा डाकिएकी पूर्व सांसद स्यान्डब्याकले त्यसको जवाफमा भनिन्, ‘मेरा पुर्खाले दासहरूको व्यापार गरे होलान्, त्यसबाट कुस्त फाइदा पनि लिए होलान्। तिनीहरूको त्यस दुष्कर्मप्रति म दुःख व्यक्त गर्छु। खासमा दुःख मात्र होइन, मलाई सो कार्यप्रति खेद छ र पीडितहरूसँग माफी माग्छु।’

अब यति भनिसकेपछि पनि पत्रकारले चित्त बुझाएनन्। त्यसपछि स्यान्डब्याकले थपिन्, ’त्यो पाप मेरा पुर्खाले गरेका हुन्, मैले हैन। उनीहरू धनी भए, त्यसको फाइदा अहिलेसम्म मैले पाएकी हुँली तर व्यापार गर्न मैले उक्साएको हैन।’

एन्टोनिएटका कुप्रा बाले १९ औँ शताब्दीताका वेस्ट इन्डिजमा कपासको खेती गर्थे र त्यहाँ काम गर्न अफ्रिकाबाट दासहरू लगेका थिए।

पछिल्लो समय बेलायत र अमेरिकामा दासका व्यापारीहरू को थिए र तिनका नातेदार अहिले के गर्दैछन् भन्ने खोजी क्रम तीव्र हुँदैछ। यस्तोमा केहीले भने खोजी खोजी अपमानित गर्ने यस्तो क्रियाकलापको आलोचना गर्ने गरेका छन्।

एन्टोनिएट भने यस मामिलामा अलि प्रस्ट छिन्, भन्छिन्, ‘न त मेरा परिवारका सदस्यहरू दास व्यापारमा थिए भन्न गर्व लाग्छ न त म यसलाई लुकाउन नै चाहन्छु। मैले कहिल्यै पनि त्यस कर्मप्रति गर्व गरिनँ। मैले यसलाई लुकाउन पनि खोजिनँ।’

उनको धारणामा महिला भएर जन्मनु दासजस्तै भएर जन्मनु बराबर हो। आफू दास कुलमा नजन्मिएकाले त्यो पीडा थाहा हुन नसके पनि महिलाको भुक्तमानका कारण दासत्वको पीडाका केही छिटा बुझ्न सक्ने टिप्पणी उनले गरेकी छन्।

आफ्ना पुर्खाले दासहरूको व्यापार गरेको पाउँदा आफूलाई ज्यादै अप्ठेरो महसुस हुने गरेको उनको टिप्पणी छ।

जसजसले आफ्नो परिवारको सम्बन्ध दास व्यापारसँग रहेको अध्ययन गरिरहेका छन्, उनीहरूसँग बसेर थप जान्न चाहेको समेत उनले बताएकी छन्। ’‘यदि विगत सच्याउन मिल्दो हो त, तुरून्त सच्याउने थिएँ,’ उनले भनेकी छन्, ‘तर धेरैले त्यो लज्जास्पद कार्यको भर्पाई पैसामा तिर्न दबाब दिइरहेको कुरा चाहिँ अलि अपाच्य छ।’

प्रकाशित: २१ भाद्र २०८० ०१:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App