१० मंसिर २०८१ सोमबार
image/svg+xml
शिक्षा

'जंकफुड’ रोक्न विद्यालयमा पोषण कर्नर स्थापना

जुम्लाको चन्दननाथ नगरपालिका-८ मा अवस्थित भगवती आधारभूत विद्यालयले पोषण कर्नर स्थापना गरेकोको छ।

विद्यालयमै पोषण कर्नर स्थापना गरेर पोषिलो स्थानीय उत्पादनहरुको संकलन र प्रयोग गर्न थालिएको हो।

विद्यालयमा दिवा खाजाको रुपमा (जंकफुड)को अत्याधिक प्रयोग हुने गरेको गुनासो बढिरहेको बेला भगवती आधारभूत विद्यालयले रैथाने खान्की खुवाउन लगेको छ।

प्रायः विद्यालयहरुमा विद्यार्थीलाई चाउचाउ र बिस्कुट जस्ता जंकफुडहरु दिवा खाजाको रुपमा खुवाइने गरिन्छ।  

खाजामा फापरको केक, रोटी, सिमी, भटमास, केराउको गेडागुडी, कोदाको रोटीदेखि पोषिला तरकारीहरु खुवाइन्छ। विद्यालयले पनि आफ्नै विद्यालयको आसपासको जमिनमा करेसाबारी बनाएर रैथाने वस्तुहरुको उत्पादन गरिरहेको प्रधानाध्यापक भीमबहादुर थापाले बताए।

विद्यालयले स्थानीय किसानहरुसँग पोषिला रैथाने वस्तुहरु खरिद गरेर भए पनि विद्यालयमा खाजा खुवाउने गरेको छ। विद्यालयमा अन्य गेडागुडीजन्य, पशुपंक्षीजन्य, फलफूल तथा तरकारीजन्य वस्तुहरु राखिएको छ।

प्रकाशित: ८ वैशाख २०८० ०९:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App