१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

नेतृत्व विकास तालिम

शिक्षकहरुका लागि विद्यालय नेतृत्व विकास तथा व्यवस्थापन विषयमा तालिम दिन थालिएको छ। कालिकोट जिल्लाका दुईवटा स्थानीय तहका २० जना प्रधानाध्यापकको सहभागितामा पाँचदिने तालिम मान्ममा सुरु भएको हो।

सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा तिलागुफा नगरपालिका, शुभकालिका गाउँपालिका, शिक्षा विकास तथा समन्वय एकाइको समन्वय र किर्डाक नेपालको आयोजनामा मंगलबार तालिम उद्घाटन गरियो। कार्यक्रममा विद्यालय नेतृत्व तथा व्यवस्थापन, नतिजा, पाठ अवलोकन र नोट लेखन, विद्यार्थी मूल्याकनको प्रतिविम्ब, शिक्षकको पेसागत विकास योजना (पिडिपी), लेख रचनालगात विषयमा शिक्षकहरुको नेतृत्व विकास गरिने सहयात्रा परियोजनाका कार्यक्रम संयोजक कृपराज जोशीले बताए।

कार्यक्रममा किर्डाक नेपालका जिल्ला संयोजक तुलाराम पाण्डेले शिक्षा क्षेत्र सुधारका लागी प्रधानाध्यापकहरुको मुख्य भूमिका रहने भएकाले तालिममा सिकेको कुरा व्यवहारमा लागु गर्नुपर्ने बताए।

प्रकाशित: २४ फाल्गुन २०७९ ०१:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App