वल्र्डलिङ्क इन्टरनेट सेवा जडान गर्ने घरधुरीको संख्या सात लाख नाघेको छ। देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनीको रूपमा रहेको वल्र्डलिंकले स्थापनाको २७ वर्षमा सात लाख उपभोक्ता संख्या पुगेको बताएको छ।
२०५२ सालमा स्थापना भएको वल्र्डलिङ्कले २०७४ जेठमा एक लाख ग्राहक संख्या पूरा गरेकोमा त्यसको साढे पाँच वर्षमा थप नयाँ छ लाख ग्राहक थपेको जनाएको छ।
देशका सातै प्रदेशका ७३ जिल्लामा वल्र्डलिंकको इन्टरनेट सेवा पुगिसकेको उल्लेख गर्दै देशभर १५० भन्दा बढी शाखा कार्यालय र पाँच हजारभन्दा बढी कर्मचारी कार्यरत रहेको कम्पनीले
जनाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार वल्र्डलिंकको इन्टरनेट सेवा प्रयोग गर्ने ग्राहकको संख्या हाल ३० लाख २४ हजारभन्दा बढी रहेको देखिएको जनाएको छ।
प्रकाशित: १ मंसिर २०७९ ०२:३९ बिहीबार