४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेप्से परिसूचक ६.५९ अंकले गिरावट

मंगलबार नेप्से परिसूचक समान्य अंकले घटेको छ। सोमबार २१.२९ अंक बढेको नेप्सेपरिसूचक मंगलबार ६.५९ अंकले घटेर १८९७.८६ बिन्दुमा झरेको हो।  

त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.३३ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.३१ अंक र सेन्सेटिभ इण्डेक्स ०.४० अंकले घटेको छ।

मंगलबार कारोबारमा आएका २२९ कम्पनीको २७ लाख ४५ हजार कित्ता शेयर १ अर्ब २ करोड ३६ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। नेप्से परिसूचक घटे पनि कारोबार भने बढेको छ। सोमबार ९४ करोड बराबरको शेयर कारोबार भएको थियो।  

नेप्सेका १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० उपसमूहको परिसूचक घटेको छ। जसमा व्यापार, निर्जीवन बीमा र बैंकिङ्ग उपसमूहको परिसूचक बढेको छ भने यता उत्पादन तथा प्रशोधन, वित्त उपसमूहको परिसूचक घटेको छ।  

मंगलबार सिटिजन्स म्युचुअल फण्ड १ को इकाईमूल्य ४.५८ प्रतिशत बढेको छ। अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ३ प्रतिशतभन्दा कम रहेको छ। तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य ८.५६ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा मंगलबार हिमालयन डिष्टिलरीको ८ करोड २२ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।  

प्रकाशित: २९ कार्तिक २०७९ १०:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App