१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

दराजले बिहीबारदेखि ‘सेल ११.११’ स्किम सुरु गर्ने

दराजले बिहीबारदेखि ‘सेल ११.११’ स्किम सुरु गर्ने घोषणा गरेको छ। बिहीबार मध्यरातदेखि सुरु हुने यस वर्षको अभियान विगतका वर्षहरू भन्दा ठूलो हुने र आफ्ना ग्राहकहरूलाई थप आकर्षक र रोमाञ्चक सपिङ अनुभव प्रदान गर्ने दराजले बताएको छ।

यस अभियान अन्तर्गत ११ लाख सामानहरूमा ८० प्रतिशतसम्मको छुट, ११ हजार १११ रुपैयाँसम्मको मेगा भौचर, प्रि पेमेन्टमा २० प्रतिशत (अधिकतम ३ हजार रुपैयाँसम्म) छुट, खेल एक रुपैयाँ र मेगा गिभअवेको रूपमा ११ ६५” मी टिभी रहेको कम्पनीले जानकारी दिएको छ।

बैंक र प्रिपेमेन्ट छुटको सन्दर्भमा, ११.११ मा किनमेल गर्ने ग्राहकहरूले क्रेडिट कार्ड मार्फत २० प्रतिशत (अधिकतम ३०००) र डेबिट कार्ड मार्फत १५ प्रतिशत (अधिकतम २५००) सम्म बचत गर्न पाउनेछन्।  

नबिल बैंक, सिद्धार्थ बैंक, कुमारी बैंक, ग्लोबल आईएमई बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, माछापुच्छ्रे बैंक लिमिटेड, एभरेष्ट बैंक, हिमालयन बैंक, सनराइज बैंक, मेगा बैंक, एनएमबि बैंक, सिटिजन्स बैंक, नेपाल बैंक, एनसीसी बैंक, नेपाल एसबीआई बैंक, सेन्चुरी बैंक, ज्योति विकास बैंक, सांग्रिला बैंक र कामना सेवा बैंकका ग्राहकहरुले माथि उल्लेखित छुटहरू प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ।  

त्यसैगरी आफ्नो आईएमई पे वालेट मार्फत भुक्तानी गरेमा १५ प्रतिशत अधिकतम १ हजार १११ सम्मको अतिरिक्त छुट प्राप्त गर्ने अवसर पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ। साथै एनआईसी एशिया बैंक, सनराइज बैंक, सिटिजन्स बैंक र माछापुच्छ्रे बैंकका ग्राहकहरूले क्रेडिट कार्ड मार्फत शून्य प्रतिशत ब्याजको सहज मासिक किस्ता योजना (ईएमआई)पनि प्राप्त गर्न सक्नेछन्।  त्यसैगरी दराजका सबै प्रमुख क्याम्पेनहरू जस्तै, ११.११ मा धेरै लोकप्रिय खेल एक रुपैयाँ पनि रहेको छ जहाँ ग्राहकहरूले मात्र १ रुपैयाँमा हजारौं मूल्यका उत्कृष्ट उत्पादनहरू जित्ने मौका पाउँछन्।

ग्राहकहरूले केवल १ रुपैयाँमा अमेज़फिट जीटीएस ४ मिनी, रियलमी -आई५जी स्मार्टफोन, वेबर माइक्रोवेब, ट्रान्क्विलिटी स्पा शिरोधारा नर्भ रिस्टोरेशन मसाज, २ जनाका लागि हाइग्राउन्ड एडभेन्चर जिप फ्लायर, २ जनाका लागि हाइग्राउन्ड एडभेन्चर स्काइ स्क्रिमर, पोखरा प्याकेज १एनर२डी एक जोडीका लागि र टाइटन स्मार्ट वाच पुरस्कार जित्नका लागि सहभागी हुन सक्ने कम्पनीले बताएको छ।  यसमा सहभागी हुन ग्राहकहरूले अनलाइन प्रिपेमेन्ट मार्फत १ रुपैयाँ अग्रिम भुक्तानी (प्रिपे) गर्नु पर्नेछ।  एक पटक अफर समाप्त भएपछि सबै सहभागीहरूलाई १ रुपैयाँ फिर्ता गरिनेछ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डबाट उत्कृष्ट छुट

दराज दशैं धमाकामा प्रमुख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूबाट विशेष डिल र छुटहरू उपलब्ध हुनेछ भने ग्राहकहरूले आफ्नो मनपर्ने ब्रान्डहरूमा ८० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्। अभियानका लागि डायमण्ड पार्ट्नर्समा बाल्ट्रा, लोट्टो, वाओ, गोल्डस्टार र बेस्मार्क रहेका छन् भने गोल्ड पार्टनरहरूमा मामाअर्थ, जिन्सवेस्ट, रोह्टो, किउएनयिउ र भायानेट रहेका छन्। सिल्भर पार्टनरहरूमा आमय्रा फेशन हाउस, ब्रिल्लारे, नाटुरो अर्थ, सेटाफिल, मी र आस्टाबेरी रहेको कम्पनीले जनाएकाे छ। अभियानका थप हाइलाइटहरूमा एड टु कार्ट, हट पिक्स, ब्रान्ड अफ द डे, फ्री डेलिभरी, रिभ्यु एण्ड विन र नयाँ प्रयोगकर्ता भाउचरहरू समावेश रहेको छ।

प्रकाशित: २३ कार्तिक २०७९ १२:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App