४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेप्सेमा सामान्य अंककाे वृद्धि

बुधबार सेयर बजार मापक परिसूचक नेप्से ७.३२ अंकले बढेको छ। मंगलबार ५६ अंकले बढेको नेप्से आज १९३८.३० बिन्दुमा पुगेको छ।

बजार बढेसँगै ठूला कम्पनीको सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.७९ अंकले बढेको छ। २९ हजार ४७ पटकको सेयर कारोबारमा २२७ वटा कम्पनीका ४३ लाख ४६ हजार ७०८ कित्ता किनबेच भएको थियो। जसमा एक अर्ब ४६ करोड ७९ लाख १४ हजार ८७५ रुपैयाँ बराबर कारोबार भएको छ।

बजार बढे पनि १३ वटा उपसमूमध्ये तीनवटा उपसमूहका सूचक राताम्मे भएका छन्। १० वटा उपसमूहका सूचक हरियाली देखिएका छन्। बुधबार सर्वाधिक कमाउनेमा कर्पोरेट डेभलोपमेन्ट बैंक र कर्णाली डेभलोपमेन्ट बैंक छन्। उक्त कम्पनीको सेयर मूल्य क्रमशः २३ रुपैयाँ र १८ रुपैयाँले वृद्धि भएर प्रतिकित्ता २८८ रुपैयाँ र २४० रुपैयाँ कायम भएको छ।

आज सर्वाधिक गुमाउनेमा सबैको लघुवित्त र माहुली लघुवित्त रहेका छन्। उक्त कम्पनीको सेयरमूल्य ३ प्रतिशतभन्दा बढीले घटेको छ।  

शिवम् सिमेन्टको सर्वाधिक एक लाख १३ हजार ७२० कित्ता सेयर कारोबार हुँदा कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६८५ रुपैयाँ कायम भएको छ।

प्रकाशित: १६ कार्तिक २०७९ ११:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App