९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

टाटा मोटर्सद्वारा विद्युुतीय गाडीको आपूर्तिमा वृद्धि

टाटा मोटर्सको विद्युतीय गाडीको माग आन्तरिक एवं बाह्य दुवै बजारमा वृद्धि भइरहेको कम्पनीको दाबी छ।

हजारभन्दा बढी बुकिङसहित टाटा मोटर्सको सबै भन्दा मन पराइएको लोकप्रिय नेक्सन र टिगोर मोडेलको विद्युतीय गाडीहरूको माग नेपाली बजारमा तीब्र गतिमा बढिरहेको कम्पनीले जनाएको छ। यसका साथै कम्पनीले तीन चरण मार्फत आफ्नो पोर्टफोलियो विस्तार गर्ने घोषणा गरेको छ भने बजारको मागलाई प्रभावकारी तवरले परिपूर्ति गर्न कम्पनीले हरेक महिना २०० वटा भन्दा बढी यस्ता विद्युतीय गाडीको आपूर्ति गरिरहेको बताएको छ। यस किसिमको आपूर्तिमा वृद्धि हुँदा बुकिङ गरेर गाडी कुरिरहनु भएका ग्राहकहरूले धेरै समयसम्म प्रतीक्षा गर्नुपर्ने छैन। यसैगरी टाटा मोटर्सले नेपालमा नेक्सन र टिगोर मोडेलको विद्युतीय गाडीहरूको बिक्रीवितरण प्रारम्भ गरेको एक वर्ष सफलताका साथ पूरा गरिसकेको छ। चार्जिङ र ग्राहक सेवा सम्बन्धी बृहत् पूर्वाधारसहित यी गाडीहरूले निरन्तर बजार विस्तार गरिरहेको कम्पनीको भनाइ छ।

टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदीले नेपालकै सबैभन्दा धेरै १९ वटा फास्ट चार्जिंग स्टेसन र १०० वटा स्लो चर्जिंग स्टेसनको स्थापना गरेको छ।

प्रकाशित: ४ कार्तिक २०७९ ०३:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App