सामसुङले दशैं तिहारलाई लक्षित गरी ‘उत्साह चाडपर्वको सम्बन्ध जीवनभरको’ योजना सार्वजनिक गरेको छ ।
योजनाअन्तर्गत निःशुल्क इन्स्टलेसनलगायत आफूले छनौट गरेका उत्पादनहरूको खरिदमा ३०% सम्म क्यासब्याकको अफर हुने भएको छ ।
योजना अनुसार ग्राहकले सामसुङको प्रिमियम रेन्जका टिभिहरू मध्ये एउटामा अपग्रेड गरेमा निःशुल्क साउन्डबारसहित खरिदमा ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने तथा रेफ्रिजरेटर खरिद गर्दा २५ प्रतिशतसम्म र ब्रान्ड न्यु सामसङ वासिङ मेसिनखरिद गर्दा २२ प्रतिशतसम्म छुट तथा अन्य विभिन्न सुविधाहरू प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
यो अफर गत असोज १ देखि कात्तिक २९ गतेसम्म चल्ने कम्पनीले जनाएको छ ।
प्रकाशित: ४ आश्विन २०७९ ०२:४५ मंगलबार