ग्लोबल आइएमई बैंकका स्मार्ट च्वाइस टेक्नोलोजिज् (एसटिसी) डेबिट कार्ड प्रयोगकर्ताले दशैंमा ३३.३३ प्रतिशत क्यासब्याक प्राप्त गर्ने भएका छन्। एसटिसीसँगको सहकार्यमा एसटिसी तथा युपिआई कार्डको दशैं धमाका थ्री-डी अफरअन्तर्गत ग्राहकहरूले क्यासब्याक प्राप्त गर्ने बैंकले जनाएको छ।
योजनापश्चात् एसटिसी कार्ड होल्डर ग्राहकहरूलाई एसटिसी कार्डमार्फत गरिने ग्राहकहरूको विश्वास बढाउन सकिने बैंकले जनाएको छ। यस योजना यही असोज १ गतेदेखि दशैंभर चल्ने बैंकले जनाएको छ।
प्रकाशित: ३१ भाद्र २०७९ ०४:४४ शुक्रबार