४ पुस २०८१ बिहीबार
image/svg+xml
अर्थ

फोटोनले ल्यायो मिनी ट्रक

 फोटोन गाडीहरूको आधिकारिक वितरक एमएडब्लु वृद्धि कमर्सियल भेहिकलले नयाँ अमार्क टिएक्स मिनी ट्रक नेपालमा ल्याएकोे छ।  

व्यावसायिक उद्देश्यहरू परिपूर्तिका लागि निर्माण गरिएको अमार्क टिएक्समा ४१३० केजीसम्मको भार बहन क्षमता तथा उच्च माइलेज भएको लोडिङ डेकसहितको यो पिक अपबाट उच्चतम नाफा आर्जन गर्न सकिने दाबी कम्पनीले गरेको छ।

भर्टिकलद्वारा शक्ति प्रदत्त, इन–लाइन, पानी चिस्याउने, फोर स्ट्रोक, टर्बो चार्जिङलगायतका अत्याधुनिक सुविधा भएको अमार्क टिएक्समा सबै प्रकारको व्यावसायिक आवश्यकताहरू पूरा गर्न सक्षम रहेको कम्पनीले बताएको छ।

अधिकतम माइलेज र उच्चतम भार बहन क्षमता तथा ग्राहक मूल्य प्रस्तावयुक्त भएको जनाउँदै टिएक्सको बिक्री शुरू गरेको र यसले बजारमा सर्वोत्कृष्टता र ग्राहक संख्यामा नयाँ आँकडा स्थापित गर्ने कम्पनीको दाबी छ ।

यही भदौ २१ देखि बिक्री शुरू गरिएको मिनी ट्रक नेपालको सबै शहरहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ। 

प्रकाशित: २३ भाद्र २०७९ ०२:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App