२ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

महालक्ष्मी बैंकद्वारा छात्रवृत्ति वितरण

महालक्ष्मी विकास बैंकले नन्दी माध्यामिक विद्यालय नक्सालमा कक्षा आठमा अध्यनरत छात्र सन्तोषकुमार मण्डललाई लक्ष्मणबाबु जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ।

बैंकको संस्था मनकामना विकास बैंकका संस्थापक अध्यक्ष स्व. लक्ष्मणबाबु श्रेष्ठको स्मृतिमा स्थापित लक्ष्मणबाबु जेहेन्दार छात्रवृत्ति उनका छोरा एवम् बैंकका संस्थापक तथा मनकामना दर्शन प्रालिका सञ्चालक राजेश बाबु श्रेष्ठले सन्तोषकुमार मण्डललाई हस्तान्तरण गरेको हो।

धनुषा जिल्ला, धवौली स्थायी घर भएका सन्तोषकुमार मण्डलको पारिवारिक आर्थिक स्थिति अत्यन्त कमजोर भएकाले उनको अध्यापनमा सहयोग पुर्‍याउने उद्देश्यले ५० हजार रूपैयाँ बराबरको छात्रवृत्ति उपलब्ध गराएको बैंकले जनाएको छ।

राजेशबाबु श्रेष्ठले विद्यार्थीलाई प्रदान गरिने यस्ता छात्रवृत्तिले गुणस्तरीय शिक्षामा टेवा पुर्‍याउने कुरा जानकारी गराउँदै बैंकले गरेको सहयोग प्रति कृतज्ञता जाहेर गरेका छन्। साथै, उनले शिक्षा, स्वस्थ्य, दैवीप्रकोप, संस्कृति प्रवद्र्घन लगायतका क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएकोमा आगामी दिनमा निरन्तरता दिने प्रतिवद्घता व्यक्त गरे।

बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले विद्यार्थीहरू देशका कर्णधार भएकाले गुणस्तरीय शिक्षा अपरिहार्य रहेको बताउँदै विद्यार्थीको शैंक्षिक विकासमा टेवा पुग्ने विश्वास गरे।

प्रकाशित: १४ भाद्र २०७९ ०२:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App