बैंक अफ काठमाण्डू र किम्ची फास्टफुड एण्ड तन्दुरी रेस्टुरेन्टबीच छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ।
बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्युआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकलाई ८ प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको हो।
सम्झौतापश्चात् ग्राहकहरूले किम्ची फास्टफुड एण्ड तन्दुरी रेस्टुरेन्ट अनामनगरमा उपलब्ध हुने सेवाहरूमा एकमुष्ठ ८ प्रतिशत छुट पाउने बैंकले जनाएको छ। उक्त छुटको उपयोग गर्न ग्राहक महानुभावहरूले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ।
प्रकाशित: ९ भाद्र २०७९ ०३:३३ बिहीबार