२ पुस २०८१ मंगलबार
image/svg+xml
अर्थ

जग्गा खरिद बिक्रीमा राजस्व छली

बाटो नभएको जग्गाा भनि वडा कार्यालयबाट सिफारिस गरिएको बाटो रहेको जग्गा।

मालपोत कार्यालय सिमराबाट खरिद बिक्री गरिएको एउटै कित्ता नम्बरको जग्गामा लाखौं राजस्व छली गरिएको घटना सार्वजनिक भएको छ।

१० करोड भन्दा बढी मूल्य पर्ने जग्गाको ८० लाख थैली देखाएर ९० लाखको हाराहारीमा राजस्व छली गरिएको एउटा घटना सार्वजनिक भएको छ।

मालपोत कार्यालयका कर्मचारी, जग्गा पर्ने वडाका वडाध्यक्ष लगाएतकाको मिलोमतोमा जग्गाको वास्तविक मूल्य भन्दा कम मूल्य देखाएर राजस्व छलि गर्ने काम गरिंदै आएको छ।

जितपुरसिमरा उपमहानगरपालिका २ (साविक पिपरा–सिमरा गाबिसको २ मा) अमोद बहादुर शाहको नामको कित्ता नम्बर ४४१७ को २ बिघा ७ कट्ठा १५ धुर क्षेत्रफलको जग्गालाई होम बहादुर बिश्वकर्माले खरिद गर्दा ९० लाख जति राजस्व छलि भएको अनुमान गरिएको मालपोत कार्यालय सिमराका कर्मचारीहरुले छन्।

मंसुरीमाई मन्दिर समेत पर्ने सो जग्गामा ३० फिट चौडाईको बाटोले छोए पनि जग्गालाई बाटोले नछोएको वडा कार्यालयबाट सिफारिस गराएर राजस्व छलि गरिएको छ।

बाटोले छोएको सो जग्गामा बाटो नरहेको सिफारिस गर्ने जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ का तत्कालिन वडा अध्यक्ष तिलक बहादुर श्रेष्ठले आफूले सुरुमा सो जग्गामा बाटो रहेको सिफारिस गरेर पठाएको दाबी गरेका छन्।

जग्गामा बाटो रहेको सिफारिस गरेर पठाए पछि जग्गा किन्ने र बेच्ने दुबै पक्षले हामीले मालपोत कार्यालय सिमरालाई मिलाई सकेकोले तपाईँले बाटो नभएको अर्को सिफारिस गरेर दिंदा राजस्व कम तिर्नु पर्ने भन्दै बाटो भएको जग्गाको बाटो नभएको भनी सिफारिस गराएर लगेको तर्क श्रेष्ठले गरे।

मालपोत कार्यालय सिमराको मूल्यांकन किताबमा १० फिट भन्दा बढी चौडाई भएको सडकले छोएको जग्गाको न्युनतम मूल्यांकन प्रति कट्ठा ३२ लाख तोकिएको छ। २०७८ माघ २६ गते जग्गाधनी अमोद बहादुर शाहले मालपोत कार्यालय सिमराको मूल्यांकन किताब अनुसार ४७ कट्ठा क्षेत्रफलको जग्गाको  मूल्यांकन लगभग १० करोड भन्दा बढी हुनु पर्नेमा जग्गाको थैली ८० लाख मात्र देखाएर बाग्लुङ जिल्ला  साबिक मुलपानी ७ घर भएका होमबहादुर बिश्वकर्मालाई सो जग्गा बिक्री गरेका छन्।

जग्गा खरिदकर्ता र बिक्रीकर्ता दुबै जनाले मालपोत कार्यालय सिमराका कर्मचारी र वडा अध्यक्षलाई आर्थिक प्रलोभनमा पारी लाभकर र राजिष्ट्रेसन शुल्कमा राजस्व छली गरेका छन्।

जितपुरसिमरा उपमहानगरपालिकको जग्गा खरिद बिक्री गरिंदा थैलीको ५ प्रतिशन लाभकर र प्रदेश शुल्क गरेर ५ राजिष्ट्रेसन शुल्क लाग्ने गरेको मालपोत कार्यालय सिमराले जनाएको छ। 

अमोद बहादुर शाहले होम बहादुर बिश्वकर्मालाई बिक्री गरेका जग्गामा लगभग ५० लाख लाभकर र प्रदेश शुल्क गरेर राजिष्ट्रेसन शुल्क पनि ५० लाख तिर्नु पर्नेमा ८० लाख थैली देखाइएको सो जग्गामा ४ लाख लाभकर र  प्रदेश शुल्कसहित ४ लाख राजिष्ट्रेसन शुल्क मात्रै तिरिएको मालपोत कार्यालय सिमराले जनाएको छ।

मालपोत कार्यालय सिमराका प्रमुख राजेन्द्र प्रसाद पौडेलले मंसुरीमाई मन्दिर पर्ने अमोदबहादुर शाहको कित्ता नम्बर ४४१७ नम्बरको जग्गामा बडा कार्यालयबाट बाटो नरहेको सिफारिस आएको आधारमा नै मालपोत कार्यालय सिमराले खेतीयोग्य जग्गाको मूल्यांकन गरेर लाभकर र राजिष्ट्रेसन शुल्क लिएको बताए।

बाटो पर्ने जग्गाालाई खेतीयोग्य जग्गा भनेर खरिद बिक्री गरेर राजस्व छलि गरेको उजुरी आएको प्रमुख पौडेलले बताए। कम तिरिएको राजस्व तिर्न दुबै पक्षलाई मौखित जानकारी गराइएको पौडेलले बताए।

गैरकानुनी बाटोबाट आर्जन गरिएको रकमबाट सिमरा क्षेत्रमा जग्गाा खरिद गर्ने समूहहरुले जग्गाको वास्तविक मूल्य भन्दा कम मूल्य देखाएर जग्गा खरिद गर्दा एकातीर राजस्व छलि हुने गरेको छ भने अर्कातर्फ जग्गा खरिद गर्नेहरुले रकमको स्रोत समेत देखाउन नपर्ने अवस्था रहेको छ।

 

प्रकाशित: १५ श्रावण २०७९ १२:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App