१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

एनएलजी इन्स्योरेन्स र ओएसआर फिन्टेकबीच समझदारी

निर्जीवन बिमा कम्पनी एनएलजी इन्स्योरेन्स कम्पनी र बिमा एग्रेगेटर ओएसआर फिन्टेकबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। एनएलजीका प्रमुख कार्यकारी अधिकृत सुनिलबल्लभ पन्त र ओएसआर फिन्टेकका अध्यक्ष राजेन्द्र अर्यालले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

समझदारी अनुसार ओएसआर फिन्टेकले इन्स्योरेन्स एग्रेगेटरका रूपमा एनलएलजीको बिमा प्रडक्टहरूका लागि विद्युतीय प्लेटफर्म उपलब्ध गराउनुका साथै बिमा ब्रोकरको रूपमा उक्त कम्पनीको प्रडक्टहरूको मार्केटिङ गर्नेछ। एग्रेगेटर सेवाका लागि फिन्टेकले बिमामार्केट डट कम नामको वेबसाइट सुरु गर्दै छ।

समझदारी अनुसार एग्रेगेटरले एनएलजीलाई एपीआई लिंक गर्दै रियल टाइम बाइङ सलुसन प्रदान गर्नेछ। त्यसैगरी एलजीका पोलिसीहरूको खरिद बिक्रीको समीक्षाका लागि डेडिकेटेड पोर्टल उपलब्ध गराउनेछ।

यो नेपालकै पहिलो रियल टाइम अनलाइन पोलिसी जारी गर्ने एग्रेगेटर भएको कम्पनीको दाबी छ। यसमार्फत ग्राहकले हरेक बिमालेखको विस्तृत विवरण बुझ्न सक्ने तथा रियल टाइम क्लेम सुविधा उपलब्ध हुने जनाएको छ। कम्पनीले लघु बिमालाई समेत लक्ष्य बनाएको छ। 

प्रकाशित: ९ श्रावण २०७९ ०४:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App