२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

ताप्लेजुङका स्थानीय तहमा शून्यदेखि साढे ६ प्रतिशतसम्म बेरुजु (सूचीसहित)

आर्थिक वर्ष २०७७/०७८ मा ताप्लेजुङका नौं स्थानीय तहमध्ये आठराइ त्रिबेणी गाउँपालिकाको बेरुजु सबैभन्दा बढी देखिएको छ। महालेखा परीक्षकको ५९औं वार्षिक प्रतिवेदन अनुसार शून्य बेरुजु बनाएर सिरिजङ्गा गाउँपालिका देशभरका उत्कृष्ट तीनभित्र परेको छ।

आठराइ त्रिबेणी गाउँपालिकाको बेरुजु ६.४२ प्रतिशत रहेको मलेप प्रतिबेदनले औँल्याएको छ। यसपछि मेरिङदेन गाउँपालिकाको बेरुजु ५.६१ प्रतिशत, फक्तालुङ गाउँपालिकाको बेरुजु ३.९० प्रतिशत र मिक्वाखोला गाउँपालिकाको बेरुजु ३.१७ प्रतिशत देखिएको। शून्य बेरुजु रहेको सिरिजंगा पछि सबैभन्दा कम बेरुजु पाथीभरा याङवरक गाउँपालिकाको ०.१० प्रतिशत देखिएको छ।

यस्तै सिदिङ्वा गाउँपालिकाको ०.१८ प्रतिशत, मैवाखोला गाउँपालिकाको ०.२७ प्रतिशत र फुङलिङ नगरपालिकाको ०.७२ प्रतिशत बेरुजु रहेको मलेप प्रतिवेदनमा उल्लेख गरिएको छ। २०७७।०७८ को मलेप प्रतिवेदन भन्नाले अघिल्लो कार्यकालमा रहेका जनप्रतिनिधि बहाल रहेको बेलाको अवस्थालाई बुझाउँछ।

प्रचलित कानुनबमोजिम पुर्‍याउनुपर्ने रीत नपुर्‍याइ कारोबार गरेको, राख्नुपर्ने लेखा नराखेको, बेमुनासिव तरिकाले आर्थिक कारोबार गरेको रकम कलमलाई बेरुजु भनिन्छ। कूल बेरुजु अंकलाई लेखा परीक्षण गरिएको अंकले भाग गरी सयले गुणन गर्दा अहिले कायम रहेको बेरुजु प्रतिशत आउँछ।

प्रकाशित: ३ श्रावण २०७९ ०९:४३ मंगलबार

महालेखा परीक्षक आठराई त्रिबेणी गाउँपालिका