के एल दुगड समूहले ज्ञान ब्राण्डको नयाँ उत्पादन ज्ञान मखाना बजारमा ल्याएको छ। के एल दुगड समूहले ज्ञान चक्की आँटा, ज्ञान मैदा जस्ता उत्पादनहरू लामो समयदेखि बजारमा उपलब्ध गराउँदै आइरहेको छ।
खाद्य प्रविधिका अनुभवी र दक्ष विशेषज्ञहरूले विभिन्न तरिकाबाट यसको स्वाद र गुणस्तरको मापन परीक्षण गरी उपभोगको लागि योग्य रहेको ठहराएको कम्पनीले जनाएको छ। लिली फूलको बीउबाट बनाइने मखानामा प्रोटिन र अन्य धेरै पोषक तत्वहरूले भरिपूर्ण रहेको जनाउँदै उपवासको समयमा बढी उपभोग हुने मखाना दैनिक खाजाको रूपमा पनि उपभोग गर्न सकिने कम्पनीले जनाएको छ।
यो ज्ञान मखाना मुख्य डिपार्टमेन्ट स्टोरहरूका साथसाथै स्थानीय किराना पसलहरूमा २०० ग्राम प्याकमा उपलब्ध छ।
प्रकाशित: १ श्रावण २०७९ ०३:२८ आइतबार