१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

एनसेलको सामाजिक पहल रिङरोड ग्रीन बेल्टको उद्घाटन

एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत कोटेश्वरदेखि कलंकी सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्दै आएको रिङरोड ग्रीन बेल्टको मंगलबार उद्घाटन गरेको छ।

एनसेलले वन तथा भू-संरक्षण विभागसँगको सहकार्यमा रिङरोडको कोटेश्वरदेखि कलंकी सडक खण्डमा हरियाली विकास, निमार्ण तथा संरक्षण गर्दै आएको छ।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, वन तथा भू-संरक्षण विभागका महानिर्देशक डा. राजेन्द्र केसी र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले संयुक्त रूपमा एक कार्यक्रमाझ मंगलबार उक्त ग्रीन बेल्ट उद्घाटन गरेका हुन्।

एनसेलले यस सामाजिक पहलअन्तर्गत कोटेश्वरदेखि कलंकी सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा ल्याण्डस्केपिङसहित हरियाली निर्माणको काम सकेर हाल यस क्षेत्रको संरक्षणको काम गरिहेको जनाएको छ।

यस किसिमको हरियाली विकास तथा संरक्षणले वातावरण संरक्षणमा योगदान पुर्‍याउनुका साथै समुदाय र जनमानसका लागि स्वस्थ वातावरण निर्माणमा योगदान पुर्‍याउने भएकाले एनसेलले सन् २०२४ सम्म यो ग्रीन बेल्टको संर क्षण गर्ने जनाएको छ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण परियोजनामध्ये एउटा भएको बताउँदै ललितपुरलाई स्मार्ट सिटीमा परिणत गर्ने भिजनअन्तर्गत चारवटा रुटमा स्मार्ट स्ट्रिटलाइट जडान गर्ने कार्यसम्पन्न गरी शहरमा १४०० वटा बत्ती जडान गर्ने काम गरिरहेको बताए।

यस्तै एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले दीगो विकास लक्ष्यसँग जोडिएको सरकारको वातावरणसम्बन्धी लक्ष्य र आजियाटा समूहको नेट जिरो कार्बनको आकांक्षा अनुरूप समुदाय र जनमानसका लागि स्वस्थ वातावरण निर्माणमा योगदान गर्न पाउँदा हामी खुसी भएको बताए।

कार्यक्रममा वन तथा भू-संरक्षण विभागका महानिर्देशक डा. राजेन्द्र केसीले उक्त क्षेत्रका ९० प्रतिशत बोटबिरुवालाई जीवितै राख्ने प्रतिबद्धता रहेकोमा केही प्रतिस्थापन गरेर शतप्रतिशत बोटबिरुवा जीवित राख्न सक्नु ठूलो उपलब्धि भएको बताए ।

प्रकाशित: २४ असार २०७९ ०२:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App