१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

नेप्से परिसूचक सामान्य अंकले वृद्धि

बुधबार नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ। मंगलबार ९ अंकले गिरावट आएको नेप्से परिसूचक बुधबार १३.३३ अंक बढेर २०४३.९२ बिन्दुमा पुगेको छ।  

त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.६८ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.९४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७२ अंकले बढेको छ।  

बुधबार कारोबारमा आएका २२८  कम्पनीको ६२ लाख ६३ हजार कित्ता शेयर २ अर्ब १७ करोड ८६ लाख ५५ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। मंगलबारको तुलनामा कारोबार रकम बढेको छ। मंगलबार ४ अर्ब ३४ करोड ९२ लाख ७३ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो।  

बुधबार नेप्से १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने बाँकी ३ उपसमूहको परिसूचक घटेको छ। जसमा विकास बैंक, वित्त र जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले बढेको छ। तर यता, बैंक, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक भने घटेको छ।

नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएसँगै दुई कम्पनीको शेयर मूल्य शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा लाइफ इन्स्योरेन्स कर्पोरेशन र सिवाईसी नेपाल लघुवित्तको शेयर सकारात्मक सर्किट लभेलमा कारोबार भएको हो। तेह्रथुम पावर कम्पनी र सिभिल बैंकको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। तर यता, स्वाभिमान लघुवित्तको शेयरमूल्य ५.६८ प्रतिशत घटेको छ। बुधबारको कारोबारमा गोर्खाज फाइनान्सले ११ करोड ७२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेको छ।

प्रकाशित: २२ असार २०७९ १०:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App