१४ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

भरतपुरमा आज र भोलि विद्युत सेवा अवरुद्ध हुने

भरतपुरमा दुई दिनसम्म विद्युत सेवा अवरुद्ध हुने भएको छ। विद्युतका फिडरको स्तरोन्नति गरिने भएकाले आज (शुक्रबार) र भोलि (शनिबार) भरतपुरका ८ वटा वडामा विद्युत सेवा अवरुद्ध हुने विद्युत प्राधिकरणले जानकारी दिएको छ।

भरतपुर महानगर क्षेत्रका ४ फिडर अन्तर्गतका क्षेत्रहरुमा ७ बजेदेखि बेलुका ७ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने भएको हो।

भरतपुर १ फिडर अन्तर्गतका वडा नम्बर ७, १०, भरतपुर २ फिडर अन्तर्गत वडा नम्बर १२, वडा नम्बर ८ को गौरीगञ्जसम्म, औद्योगिक फिडर अन्तर्गत वडा नम्बर ९, ८, ५ नम्वर वडामा रहेका उद्योगहरु, गणेशस्थान फिडर अन्तर्गत वडा नम्बर ११, भरतपुर २ को केही भाग पोखरा बसपार्क क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने जनाइएको छ।

बसेनी स्थित सवस्टेशनबाट विद्युत वितरण हुने क्षेत्रमा राती भने विद्युत सेवा सुचारु हुने नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए। उनका अनुसार फिडरहरुको स्तरोन्नतिको काम २ दिनसम्म सकिनेछ। 

प्रकाशित: १० असार २०७९ ०५:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App