२९ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सिद्धार्थ बैंकको अनलाइन डिम्याट खाता

सिद्धार्थ बैंकले अनलाइनमार्फत डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको छ।

यसका लागि ग्राहकले बैंकको वेबसाइटमा गई आवश्यक विवरण भरी अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। साथै, ग्राहकले मेरो सेयर र सिआरएनका लागि समेत आवेदन दिनसक्ने बैंकले जनाएको छ।

खाता खोलेपछि ग्राहकलाई व्यक्तिगत प्रमाणीकरणका लागि परिचय खुल्ने कागजातसहित ६० दिनभित्र नजिकको बैंक शाखा वा क्यापिटलमा उपस्थित हुन इमेल र एसएमएसमार्फत जानकारी गराइने बैंकले जनाएको छ।

प्रकाशित: १ असार २०७९ ०४:२० बुधबार

सिद्धार्थ बैंक अनलाइन डिम्याट खाता