रङभन्दा पनि डिजाइन अनुभवलाई अँगाल्न एसियन पेन्ट्स नेपालले जेठ २० गते कलर नेक्स्ट २०२२ कार्यक्रम आयोजना गर्दैछ।
उक्त कार्यक्रममा चर्चित आर्किटेक्ट तथा इन्टेरियर डिजाइनरहरूको उपस्थिति रहने छ भने सोसाइटी अफ नेपालिज् आर्किटेक्ट्स र इन्टेरियर डिजाइनर एसोसिएसन नेपालको सहभागिता रहने कम्पनीले बताएको छ।
एसियन पेन्ट्स नेपालले यस कार्यक्रमलाई जीवनमा खुशियाली ल्याउने डिजाइन र सजावट सम्बन्धी एक उत्सव रहेको बताएको छ।
प्रकाशित: २० जेष्ठ २०७९ ०२:३८ शुक्रबार