१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

अलैची खेतीमा आकर्षित हुँदै सिन्धुलीका किसान

तीनपाटन गाँउपालिका वडा नम्बर ८ मा किसानले लगाएको व्यवसायीक अलैची खेती । तस्विर/ अनिल भण्डारी नागरिक

सिन्धुलीको महाभारत क्षेत्रका किसानहरू अलैची खेतीमा आकर्षित भएका छन्। राम्रो आम्दानी दिन थालेपछि सिन्धुलीका दर्जनौँ स्थानका किसानहरू अलैची खेतीतर्फ आकर्षित भएका हुन्। ओसिलो जमिनमा हुने अलैचीबाट किसानले बार्षिक रूपमा लाखौ आम्दानी लिदै आएका छन्।  

उत्पादित अलैचीको बजार सहजै हुनेभएपछि किसानहरु खोल्सा खाल्सी र ओसिलो बारीमा अलैची धमाधम रोप्न थालेका छन्। रोपेको दुई देखि तीन बर्षमा अलैचीले आम्दानी दिने भएपछि किसानहरुले अलैची खेती गर्न थालेका हुन्।

सिन्धुलीको तीनपाटन गोलञ्जोर सुनकोसी फिक्कल लगायतका गाँउपालिका भित्रका महाभारत क्षेत्रमा अलैचीको व्यवसायीक खेती गर्न सकिने कृषि ज्ञान केन्द्रले जनाएको छ। तीनपाटन गाँउपालिका वडा नम्बर ८ का जितबहादुर तामाङ व्यवसायीक रुपमा अलैचि खेती गर्छन्। अलैची खेतीबाट बर्षेनी मनग्य आम्दानी लिदै आएका उनि अलैचि खेतीबाट राम्रो आम्दानी हुने बताउछन्।

झन्डै सात बर्षदेखि किवि खेती गर्दै आएका जितबहादुर सुरुवाती चरणमा प्रतिकेजी एक्काइस सय सम्ममा विक्रि वितरण गरेको बताउछन्। सुरुवाती चरणमा राम्रो मुल्य आएको देखेपपछि आफुले पनि अलैचीको व्यवसाय सुरु गरेको उनको भनाई छ । आफ्नै बारिमै भएका बोटबाट थप बगैचा विस्तार गर्दा अलैची फल्न तीन बर्ष लाग्ने भन्दै उनले अलैचीको बजार भाउ राम्रो रहेको बताए। हाल पनि साढे एघार सय सम्म प्रतिकेजी अलैचि विक्रि वितरण गर्दै आएका छौ उनले भने, वार्षिक तीन क्वइन्टल सम्म मेरो उत्पादन हुन्छ।

अलैची खेतीका सुरुवाती बर्षमा दुई हजार देखि पच्चिस सय रुपैया किलोमा विक्रि हुदै आएको अलैची हाल खेती गर्ने किसानहरु थपिएसँगै एघार सय देखि पन्धसय सम्ममा विक्रि भइरहेको किसानहरुले बताएका छन्। सिन्धुलीको महाभारत क्षेत्रस्थित आठ सय मिटरभन्दा माथिल्लो उचाईमा व्यवसायीक खेतीगर्न सकिने छ।

अलैची खेती गर्न विशेष गरि चिस्यान र ओसिलो र छहारीको व्यवस्थापन गर्न सकिने जग्गा उपयुक्त हुने कृषि ज्ञान केन्द्र सिन्धुलीका प्रमुख सुजन अंगाई बताउनु हुन्छ। अलैची खेतीलाई प्रर्वद्धन गर्नका लागि थप कार्यक्रम ल्याई अलैचि खेती विस्तार गर्ने योजना कार्यालयले राखेको ज्ञान केन्द्रका प्रमुख अंगाईले जनाए। अलैची खेतीलाई धेरै समय पनि खर्चनु नपर्ने भएकाले किसानहरु अलैचि खेती गर्न हौसिएका छन्। अलैचि खेतीसँगै अन्य खेतीपातीका काम गर्न सकिने किसानहरुको भनाई छ।

प्रकाशित: १७ जेष्ठ २०७९ ०७:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App