१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अर्थ

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता माग गर्दै इलाममा मसाल जुलुस

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै युवा र विद्यार्थीले साँझ इलाम बजारमा निकालेको मसाल जुलुस।

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोध गर्दै इलामका युवा र विद्यार्थीले मसाल जुलुस प्रदर्शन गरेका छन्। उनीहरूले आज (बुधबार) साँझ इलाम बजारमा मसाल जुलुस प्रदर्शन गर्दै नाराबाजी गरेका हुन्।  

अनेरास्ववियु र युवा सङ्घको अगुवाईमा युवाले मसाल जुलस प्रदर्शन गर्दै इलाम बजार परिक्रममा गरेका छन्। उनीहरूले पेट्रोलियम र खाद्यान्नको बढेको मूल्य फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन्।  

माग पूरा नभए चक्काजामसम्मका विरोध कार्यक्रम गरिने अनेरास्ववियुका नेता मिलन खत्रीले जानकारी दिए। ‘पेट्रोलियममात्र होइन, सबैखाले उपभोग्य वस्तुको अचाक्ली बढेको मूल्य फिर्ता हुनुपर्छ,’ उनले भने, ‘विभिन्न बहानामा अहिले पेट्रोलियमलगायत सबैखाले उपभोग्य वस्तुको मूल्य बढाइएको छ। यो कसैलाई मान्य छैन।’  

मूल्यवृद्धिको विरोध गर्दै विद्यार्थीले यसअघि जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका थिए। उनीहरूले मोटरसाइकल लडाएर सांकेतिक विरोधसमेत जनाएका थिए।

प्रकाशित: ११ जेष्ठ २०७९ १५:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App