१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

सरकारको कारणले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको होइनः सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पेट्रोलियम पदार्थलाई विस्थापित गर्ने दिशामा सरकारले नीति लिएको बताएका छन्।

बुधबार मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री कार्कीले यस्तो बताएका हुन्। उनले अहिले भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि सरकारको कारणले नभइ अन्तर्राष्ट्रिय बजारको मापदण्डअनुसार वृद्धि भएको पनि स्पष्ट पारे।

मन्त्री कार्कीले नेपालमा उर्जाको उत्पादन बढीरहेकोले अबका दिनमा बिजुलीबाट चल्ने सवारीसाधन र भान्सामा पनि विद्युतीय सामग्रीको प्रयोग बढाउनु पर्ने बताए। उनले आगामी दिनमा उर्जालाई प्रमुख प्राथमिकतामा राखेर दैनिक उपभोग्य कुराहरु पेट्रोलियम पदार्थ, भान्सामा प्रयोग हुने ग्यासलाई विस्थापन गरेर सुन्दर र सफा मुलुकको रुपमा विकास गर्ने लक्ष्य रहेको बताए।

मन्त्री कार्कीले नागरिकता विधेयक देशको आवश्यक्ताभित्र पर्ने बताए। उनले नागरिकता समस्या देशमा नराख्ने सरकारको स्पष्ट धारणा भएको भन्दै मंगलबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पनि सबैको सहमतिमा विधेयक चाँडै पारित गर्ने सोच सरकारले राखेको बताए। मन्त्री कार्कीले नागरिकता विधेयक सबैको सहमतिमा चाँडै पारित गरेर नागरिकताको समस्याबाट देशलाई मुक्त गराउन जरुरी रहेको बताए।

प्रकाशित: ११ जेष्ठ २०७९ ११:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App