३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सप्तरीमा कामनाको शाखारहित बैंकिङ सेवा

कामना सेवा विकास बैंक लिमिटेडले मुलुकका विभिन्न स्थानमा मोबाइल एप मार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ। बैंकले सोमबार सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका ०७ अमरलति चोकमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।

बैंकले शान्ति ट्रेडर्स सेन्टरका प्रोपाइटर मुकेशकुमार साहलाई शाखारहित बैंकिङ सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरेको छ। नेपाली कांग्रेस, मधेश प्रदेशका पूर्वक्षेत्रीय सभापति भगवती यादव तथा डाक्नेश्वरी नगरपालिका ०७ का प्रहरी निरीक्षक राजु श्रेष्ठले संयुक्त रूपमा सो शाखाको उद्घाटन गरेका हुन्।

शाखारहित बैंकिङ मार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरू प्रदान गरिनेछ। यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुँच नपुगेका क्षेत्रमा बैंकप्रतिउल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ।

प्रकाशित: २० वैशाख २०७९ ०३:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App