एभरेष्ट बैंकले कोपिला भ्याली स्कुलका विद्यार्थीहरूलाई ब्याग र कर्णाली प्रदेश अस्पताललाई मेडिकल उपकरण प्रदान गरेको छ।
कर्णाली प्रदेशमा आयोजित एक कार्यक्रममा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले उक्त सामग्री हस्तान्तरण गरेका हुन्। साथै बैंकले केही महिना अगाडि बुटवलको लक्ष्मी पार्क घुम्न आउने पर्यटकहरूको सुविधाका लागि निर्माण गरिदिएको शौचालय पनि हस्तान्तरण गरेको छ। एभरेष्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।
प्रकाशित: १४ वैशाख २०७९ ०१:५४ बुधबार