९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

टिगोर इभी ‘भ्युअर्स च्वाइस इभी अफ द इयर २०२२’

टाटा मोटर्सको उत्पादन विद्युतीय टिगोर (टिगोर इभी) ‘भ्युअर्स च्वाइस इभी अफ द इयर’ उपाधिबाट सम्मानित भएको छ। उक्त उपाधिबाट विद्युतीय टिगोरलाई कार एन्ड वाइक अवार्ड २०२२ मा सम्मानित गरिएको हो। 

जिपट्रोन प्रविधिमा आधारित विद्युतीय टिगोर गत वर्षको अगस्ट अन्तिममामात्र भारतीय बजारमा सार्वजनिक भएको हो। सार्वजनिक भएको छोटो समयमै यसले राम्रो बजार पाएको थियो।

गाडीको बाहिरी, आन्तरिक र सुरक्षा विशेषताका कारण विद्युतीय टिगोर ग्राहकमाझ लोकप्रिय छ। विद्युतीय टिगोरले ग्लोवल एनक्याप सुरक्षा रेटिङमा चार स्टार रेटिङ पाएको छ। वयस्क सुरक्षाको हिसाबमा गाडीले १६ अंकमध्ये १२ अंक पाएको हो भने बालबालिकाको सुरक्षा हिसाबमा गाडीले ४९ अंकमध्ये ३७.२४ अंक पाएको जारी विज्ञप्तिमा उल्लेख छ।

जिपट्रोन प्रविधिमा आधारित विद्युतीय टिगोर २६ किलोवाटको लिक्विड–कुल्ड र उच्चऊर्जा घनत्व ब्याट्री प्याकद्वारा सञ्चालित छ। 

प्रकाशित: ९ चैत्र २०७८ ०१:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App